२०८१ वैशाख १४ गते | 26th of April 2024

यी हुन निर्मला पन्तका हत्यारा : कांग्रेस नेता बलायर

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १६ गते ११:२४

डोटी – नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे रोशनी बम र बबिता बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गरेका छन् । डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेता बलायरले कम्युनिस्ट सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको बताए । सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका बलायरले रोशनी बम र बबिता बम दिदीबहिनीबाट हत्याका बारेमा सबै खुल्ने दाबी गरेका हुन् ।

नेता बलायरले भने, ‘निर्मला पन्तहराएकै राति रोशनी बम र बबिता बम दिदीबहिनीहरुको घरमा छापा मारेको भए निर्मला भरसक जिउँदै नभए शव प्राप्त हुन्थ्यो । तर, प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन ।’ निर्मला १० साउनमा रोशनी बमको घरमा गएकी थिइन् । त्यो घरमा रोशनी र उनकी दिदी वविता मात्र बस्थे । छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबतिाले आफूलाई नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीको पनि गुनासो छ ।

स्थानीयबासीले सुरुदेखि नै बम दिदीबहिनीबाट हत्या प्रकरणको अनुसन्धान गर्नु पर्ने माग गरेका थिए । निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका पूर्वमन्त्री बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको बताए । कांग्रेस नेता बलायरले भने, ‘यो मेरो ठोकुवा हो । निर्मलाको हत्या त्यही घरमा भएको हो वा जिउँदै कसले लगेको हो, उनीहरुलाई सबै थाहा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *