२०८१ वैशाख ७ गते | 19th of April 2024

न्यूयोर्कमा बबि !

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १७ गते २:०४

न्यूयोर्क –  बास्तविक जीवन कथामा बनेको नेपाली चलचित्र बबि आगामी अक्टुबर ७ तारिख न्युयोर्कमा प्रर्दशन हुन लागेको छ । उमेश थापा र कविता गुरुङको वास्तविक जीवन कथामा बनेको यो चलचित्र यतिखेर सवैको चासो र रुचिको चलचित्र बन्न थालेको छ । अन्तरजातीय प्रेम सम्बन्ध र बैबाहिक जीवनको कथामा बनेको यो चलचित्रको निर्माण तथा निर्देशन मिलन चाम्सले गरेका हुन ।

चलचित्रमा कविता र उमेशसंगै विजय लामा, रुबी राणा शाह, देश भक्त खनाल, रश्मि भट्ट, सुरबीर पण्डित, रवि गिरी, पुणिर्मा लामा, बालकलाकार एलिस थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा नरेश भट्टराई र गिरीराज घिमिरेको कथा लेखन, नवराज कृष्ण थापाको छायांकन, बनिश शाहको सम्पादन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

अमेरिकामा यो चलचित्र प्रर्दशनीको संयोजन मनिता गुरुङ र पासाङ हृयोल्मोले गरेका छन ।

अन्य राज्य र शहरमा चलचित्र प्रर्दशनको लागी :
347-510-2173 (मनिता गुरुङ) र 646-393-7543 (पासाङ ह्योल्मो) मा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *