२०८१ वैशाख ६ गते | 18th of April 2024

खेलाडी तथा व्यवसायी श्रेष्ठद्धारा खेलकुद भवनका लागि ४० लाख सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १७ गते ८:५९

पोखरा – सान्-फ्रान्सिस्को, क्यालिफोर्नियाका सफल व्यवसायी, पूर्व १ सय माइल म्याराथन धावक तथा हिमालयन फाउन्डेशनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले पोखरा १४ स्थित निर्मााणाधिन शिकोकाइ कराते भवन निर्माणका लागि १० लाख नगद उपलव्ध गराएका छन । अमेरिकाको क्यालीफोर्नियमा हिमालयन फाउनडेन्सन करर्पोरेसन मार्फत ब्यवसाय संचालन गर्ने श्रेष्ठले आफ्नो पाँचौ प्रोजेक्ट अन्र्तगत नेपाल शितोरियो शिकोकाई कराते संघलाई ४० लाख उपलब्ध गराएका हुन । आफूले भवन निर्माणका लागि सहयोग गरेको ४० लाख मध्येको बाँकी रकम १० लाख उनले निर्माणाधिन भवनमानै शनिवार आयोजित कार्यक्रममा उपलव्ध गराएका थिए भने ३० लाख गत वर्षनै उपलव्ध गराइसकेका थिए । 

सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाल खेलकुद पत्रकार मंच कास्कीलाई समेत तेश्रो पोखरा स्र्पोट्स अर्वाडको आफूले सहयोग रकम २० हजार अध्यक्ष केशब पाठकलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम गण्डकी प्रदेश सांसद राजिब पहारीले नेपालमा खेलको ठूलो सम्भावना भए पनि राज्य बाट कहिल्यै पनि प्राथमिकतामा नपरेको बताए । समाजमा जहिले पनि दुई प्रकारका मान्छे भएको बताउँदै उनले सहयोगदाता यज्ञलाल तर्फ इंगित गर्दै भने–“संधै वाँचिरहनेहरुले समाजका लागि यज्ञलालले जस्तै सहयोग गरिरहेका छन त्यसैले उहाँको नाम यज्ञमात्रै होइन महायज्ञनै हो ।” 

सांसद पाहारीले अर्को एक प्रसंगमा समाजमा वढीरहेको महिला हिंसा तर्फ लक्षित गर्दै भने–“महिला माथी हिंसा र बलत्कार गर्नेलाई ज्वाई जस्तो पालेर जेलमा राख्ने होइन कानुन संसोधन गरेर भएपनि सोझै फाँसीको सजाए हुनुपर्छ ।” उनले अर्को एक प्रसंगमा मुलकमा संघियताको जग बलियो बनाउनमा राज्य लागिरहेको र अबको बिकासको मोडल ‘पव्लिक प्राइभेट पार्टनरशिप’को आधारमा हुनु पर्ने औंल्याए । 

कार्यक्रममा बोल्दै सहयोगदाता तथा हिमालायन फाउन्डेसनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले आफू खेलकुदमा लागेर यूवा अवस्थामा नै विदेश पलायन भए पनि जहिले पनि नेपालको शिक्षा र खेलकुद बिकासका लागि सहयोग गर्दै आएको बताए । अध्यक्ष श्रेष्ठले आफू २१ वर्षको उमेरमा दुख गरेर आफ्नै खर्चमा सन २००२ र २००३ मा अमेरिकमा सिल्भर मेडल जितेर राष्ट्रको झण्डा फहराउँदाको त्यो अनुभुती र गर्व संधै महशुस भइरहेकोले पनि नेपाली खेलाडीका लागि केही गरौं भन्ने लागिरहेको बताउँदै भने –“एउटा शसक्त खेलाडी बन्न जिवनमा कहिल्यै पनि हरेश खान हुन्न पाठ सबैल सिक्ने अवश्यक छ ।” 

विदेशी भूमी बाट मेडल जितेर नेपाल आउँदा समेत खेलकुद निकायले वेवस्ता गरेको भन्दै विदेश भासिएको तितो यर्थाथ आफू संग रहेको अध्यक्ष श्रेष्ठले बताउँदै भने–“हामी खेलाडीले विदेशमा झण्डा फहराउँछौ राज्यले वास्ता नर्गदा दुख लाग्छ ।”सो अवसरमा लायन्स क्लब ३२५ बिका डिष्ट्रीक्ट कोर्डनिटर मोहन कृष्ण श्रेष्ठ, लायन्स क्लब काष्ठमण्डप क्यालिफोर्नियाका अध्यक्ष नारायण सोनामी, शेयर एण्ड केयर फाउन्डेसनका निर्देशक रमेश खडका, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, शिकोकाई कराते संघका उपाध्यक्ष महेन्द्र गुरुङ लगाएतले अब खेलाडीहरुले पानीमा भिजेर प्रशिक्षण लिने समस्या समधान भएको बताउँदै मार्शल आर्ट खेल बाट राष्ट्रका लागि पदक ल्याउन नेपाली खेलाडी सक्षम हुने बताए । कार्यक्रम नेपाल शितोरियो शिकोकाई कराते संघका अध्यक्ष शुष्मा गुरुङको अध्यक्षतामा भएको थियो । 

यसै गरि हिमालयन फाउन्डेसनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले हालै अमेरिकाको सेनफ्रान्सिस्कोमा नेपाली समाज घर निर्मााण गर्न आयोजित महायज्ञमा ५५ हजार ५ सय ५५ डलर नेरु करिब ६५ लाख सहयोग गरेका थिए । यसै गरि उनले शिन्धुपाल्चोक मेलम्ची स्थित श्री बाल सुधार माबीलाई करिब २५ लाख र ज्योती भञ्ज्याङ आधारभूत माबीलाई करिब ५० लाख ति विद्यालयको शैक्षिक उन्नतीका लागि सहयोग गरिसकेका छन । विंस २०७२ सालको महाभुकम्पमा उनले काभ्रे, नुवाकोट र दोलखामा समेत गरि करिब ५० लाख भन्दा बढी सहयोग गरेका छन । पूर्व खेलाडी यज्ञलाल श्रेष्ठले सन २००२ मा नेपालको प्रतिनिधित्व गर्दै अमेरिका स्थित क्यालिफोर्निया वेष्टर्न स्टेट्स १ सय माइल दौडमा सहभगी भएर २२ घन्टा ३७ मिनेटमा दौड पूरा गरि रजत पदक जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *