२०८१ वैशाख १३ गते | 25th of April 2024

अमेरिकी डिभि चिट्ठासम्बन्धी जान्नैपर्ने ११ तथ्यहरु

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १८ गते ११:००

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी)को आवेदन अाजदेखि खुल्नेछ । आज राति ९ः४५ बजेबाट सुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । सन् २०२० को लागि डीभीको आवेदन दिन सकिने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ । डीभी भर्न चाहनेले तोकिएको समयभित्र dvlottery.state.gov वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सक्नेछन् ।

यस्तै डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दूतावासले जानकारी दिएको छ । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न अमेरिकी दूतावासले आग्रह गरेको छ ।यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भनेअनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ ।

डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डीभी पर्‍यो कि परेन् भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ । तपाईंलाई डीभी पर्‍याे यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला । तपाईँसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।

१.आज नेपालमा स्थानीय समयअनुसार रातको ९ बजेर ४५ मिनेटबाट डिभिको आवेदन खुला हुनेछ

२.अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्नु होला ।

३.डिभीको लागि आफैंले आवेदन दिँदा कुनै पनि शुल्क तिर्नु पर्दैन ।

४. आवेदन भर्दा कन्सल्टेन्टको सहयोग अनिवार्य हुँदैन ।

५. आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सकिन्छ ।

६. डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक २१ डिभी भर्ने अन्तिम मिति हुनेछ।

७. डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता अवधिभित्र पेश गर्नुपर्छ ।

८. आवेदकहरूले दर्ता अवधिको बेलामा dvlottery.state.gov मा गई आवेदन फारम भर्न सकिन्छ ।

९.अवेदनदर्ता गर्दा विवाहतिले आफ्ना पति र पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।

१०. आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्छ र भरिसकेपछि कन्फरमेसन नम्बर सुरक्षित राख्नुपर्छ ।

११. यो वर्ष भरेको डिभी नतिजा आगामी वैशाख १८ गते आउने अमेरिकी दूतावासको सूचनामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *