1

आमाको अन्तिम संस्कारमा अनुपस्थित ॠषि कपूरलाई क्यान्सर भएको खुलासा

104 पटक पढिएको

मुम्बई – केही दिनअघि आमा कृष्णा राज कपूरको मृत्युमा उपस्थित हुन नसकेका ऋषि कपूरबारे दुखद खबर सार्वजनिक भएको छ । ऋषि कपूर आमाको निधन हुनु केही दिनअघि छोरा रणबिर कपूर र श्रीमती नीतू कपूरसहित अमेरिका गएका थिए । ऋषि कपूरले उनको ट्वीटरमार्फत आफू स्वास्थ्य उपचारका लागि अमेरिका गएको र उपचार गरेर  छिट्टै फर्कने भएकाले आफ्ना शुभ चिन्तकलाई चिन्ता नलिन आग्रह गरेका थिए । अहिले सार्वजनिक खबरहरुका अनुसार बलिउड अभिनेता इरफान खान र अभिनेत्री सोनाली बेन्द्रेपछि ऋषि कपूरलाई पनि क्यान्सर रोग लागेको कुरा सार्वजनिक भएको छ । ऋषि कपूर अमेरिकामा थर्ड स्टेजको क्यान्सरको उपचार गराइरहेका छन् । Image result for rishi kapoor cancer

ऋषि कपूर अभिनेत्री जुही चावलाका साथ एक फिल्मको छायाँकंनको काम गरिरहेका थिए तर अहिले उक्त छायाँकंनको काम पनि रोकिदिएका छन् । अक्टुबर १ मा राज कपूरकी श्रीमती कृष्णा राज कपूरको निधन भएपछि सबैले ऋषि कपूर पनि अमेरिकाबाट परिवारसहित अन्तिम संस्कारका लागि उपस्थित होलान् भन्ने अनुमान लगाएका थिए । तर ऋषि कपूर र उनको परिवार उपस्थित नभएपछि ऋषि कपूरलाई कुनै गम्भीर रोग लागेको हुनसक्ने अड्कल लगाइएको थियो । अन्तयमा त्यो सत्य नै सावित भएको छ । भर्खरै कृष्णा राज कपूरको निधनको शोकमा डुबेको कपूर परिवारमा फेरि अर्को दुःख थपिएको छ ।

तपाईको प्रतिक्रिया

गोरखा - यही पुस ५ गते विहिबारबाट शुरु हुने दशौ गोरखा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।.. ...

काठमान्डौं - नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको.. ...

अमेरिका - गीतकार मणि भट्टराईको शब्द, विवि अनुरागीको संगीत र रामकृष्ण ढकालको स्वरमा रहेको.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...