२०८१ वैशाख १४ गते | 26th of April 2024

आचार्य राजन शर्माद्दारा पशुपती मन्दिरमा योग प्रशिक्षण

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २२ गते १९:२८

लस एन्जलस – विश्वका ३२ देशका ४४ शहरहरुमा सफलता, सुखाभुनुती, उत्प्रेणात्मक, आध्यात्मिक तथा सकारात्मक जीवनशैलीका लागि प्रेरणामुलक कार्यक्रमले संसारभर प्रख्यात आचार्य राजन शर्माद्दारा श्रीपशुपतिनाथ-बुद्ध मन्दिर, लस एन्जलसमा एक आध्यात्मिक तथा योगमुलक कार्यक्रम सम्पन्न भएको छ ।

‘सुखानुभुतीका कला’ – ‘Art of Happiness’ सहितका थुप्रै कार्यक्रमहरु सहित सक्रात्मक जीवनशैली, धर्म-संस्क्रिती र योग विज्ञानका प्राध्यापक आचार्य शर्माको अमेरिकी भ्रमणका अवसर पारेर पशुपतिनाथ-बुद्ध मन्दिरमा प्रवचन तथा ओगाभ्यास कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियाको विश्वविद्धालयका प्राध्यापक तथा संयुक्त राष्ट्रसंघका शान्तिदुत भिमसेन सापकोटा (आचार्य राजन शर्मा) को धाराप्रवाह जीवनका सफलिभुत शुत्रका प्रवचन र योग कक्षामा फाउन्डेशनका पदाधिकारीहरु, विभिन्न संस्थाका प्रतिनिधीहरु तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

उडिरहेको बिमानमा अमेरिकाको एट्लान्टादेखी लस एन्जलसम्मको यात्रामा ‘बिमानभित्रै योग अभ्यास’ सिकाएर गिनिज बुकमा रेकर्डको नाम लेखाउन सफल सामाजिक अभियान्ता आचार्य शर्मा “सुखसूत्र” लगायत आध्यात्मका तीन पुस्तकहरु पनि प्रकाशित छन ।

सकरात्मक  जीवनका लागि आचार्य शर्मादारा प्रस्तुत एक भिडियो :

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *