२०८१ वैशाख ७ गते | 19th of April 2024

स्वर्गिय गौचनको स्मृतिमा महासंघमा स्मृति सभा

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २४ गते १०:३५

नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष स्वर्गिय शरदुकमार गौचनको स्मृतिमा मंगलवार महासंघ सचिवालयमा एक कार्यक्रम गरियो । कार्यक्रममा वक्ताहरुले नेपालको निर्माण व्यवसाय क्षेत्रमा गौचनको योगदान अविस्मरणीय रहेको बताए । गौचनको हत्यामा संलग्न सबै जना अहिले सम्म पक्राउ नपरेको भन्दै उनीहरुले दोषी सबैलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग समेत गरे । महासंघका अध्यक्ष रवि सिंहले नेपालको निर्माण क्षेत्रलाई समृद्ध बनाउन गौचनको कार्यकालमा हुन नसकेका कामलाई आफ्नो नेतृत्वको वर्तमान कार्य समितिले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासंघका सल्लाहकार समेत रहनु भएका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचनले गौचनको हत्यामा संलग्न सबै जना अझै पक्राउ नपर्नु चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डेले निर्माण व्यवसायीहरुको हितमा गौचनले निर्वाह गर्नु भएको भूमिका सबैका लागि प्रेरणादायी भएको बताउनुभयो । महासचिव रोशन दाहालले गौचनको योगदानलाई महासंघले सधै स्मरण गरिरहने बताउनुभयो । उपमहासचिव (नीतिगत) टंक चौलागाईले गौचनको बाँकी सपना पूरा गर्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा राख्नुभयो । कार्यक्रममा गौचन पत्नी आशा गौचन भट्टचन सहित महासंघका पदाधिकारीहरुले महासंघ परिसरमा निर्माण गरिएको गौचनको अर्धकदको शालिकमा माल्र्पापण गरेका थिए । गौचनको ठीक एक वर्ष अघि नयाँ बानेश्वर शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ सचिवालय आउने क्रममा निवास नजिकै गोली हानी हत्या गरिएको थियो । नेपाल सरकारले उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्नुका साथै उहाँलाई शहीद घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *