२०८१ वैशाख १३ गते | 25th of April 2024

आमासंगै बस्ने बलिवूडका कलाकारहरु

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २४ गते १०:४४

मुम्बई – आमा शब्दको अगाडी हरेक शब्द तुच्छ लाग्छ। यो कुरामा पूर्णतया: सत्यता छ कि आमाको चरणमा दुनियाँ हुन्छ र आमा-बच्चाको सम्बन्ध गहिरो हुन्छ। एक आमाले आफ्नो बालबच्चाको मनको कुरा नबोलीकन नै बुझ्छिन्। आमा आफ्नो बच्चाको लागि दुनियाँसँग लड्न पनि हरदम तयार हुन्छिन्। भाग्यमानी व्यक्ति ती हुन् जसका यस संसारमा आमा छन् र अझ बढी भाग्यमानी व्यक्ति तीन हुन् जो आमासँगै बस्छन्।

आज हामी चर्चा गर्दै छौं भारतीय सिने जगत बलिउडको बारेमा जहाँ आफ्नो खास पहिचान बनाउनको लागि अधिकांसले आफ्नो घरबाट दूरी बनाएका हुन्छन्। तर न्युन संख्यामा बलिउड कलाकार छन् जो आफ्नो काम एक्लै गर्न सक्दैनन् र हरेक समय आफ्नी आमाको जरुरत पर्दछ। बलिउडमा यस्ता केही कलाकार छन् जो सफल भएर पनि एक पल आफ्नो आमा बिना बस्न सक्दैनन्। उनीहरुका लागि आमा भन्दा ठुलो कुरा केही पनि होइन। को हुन् ती कलाकार ?

• आमिर खान :

आमिर खान बलिउडको एक मात्र यस्तो कलाकार हुन् जो मिस्टर पर्फेक्सनिस्टको नामले चिनिन्छन्। आमिर खान आफ्ना हरेक काममा पूर्णता चाहन्छन्। उनको फिल्म सुपरहिट हुने लगभग ग्यारेन्टी जस्तै हुन्छ। उनी वर्षमा केवल एउटै फिल्ममा काम गर्छन् र त्यो फिल्म सुपरहिट भई करोडौं रुपैयाँ कमाउँछ। तपाईलाई यो कुरा थाहा नहुन सक्छ, बलिउडका यस चर्चित स्टार हरेक काममा पर्फेक्ट किन नहोस् तर उनी जिन्दगीका हरेक मोडमा आफ्नी आमाको आवश्यकता महसुस गर्छन्। उनी आफ्नी आमासँगै बस्छन् र आमाको अत्यन्तै ख्याल राख्छन्। हालै उनी आफ्नी आमासँग हज यात्रामा गएका थिए, जुन अत्यन्तै कम मानिसले मात्र गर्छन्।

• अनुपम खेर :

अनुपम खेर बलिउडको सर्वाधिक बहुप्रतिभाशाली अभिनेता हुन्। उनले अहिलेसम्म धेरै प्रकारका भूमिकाहरु निर्वाह गरिसैका छन्। अनुपम खेरले यतिका वर्षमा ती सबै सफलता हासिल गरेका छन्, जसको एक आम मानिसले सपना देख्छन्। सफलताको शिखर चुमे पनि उनी जमिनसँग जोडिएका छन्। उनी अहिले ६३ वर्षको उमेरमा पनि आफ्नी आमासँगै बस्छन् र उनको देखभाल गर्छन्। अनुपम खेरले सामाजिक सञ्जालमा पछिल्लो समय आफ्नी आमासँग खिचिएको भिडियो अपलोड गर्दै आएका छन्।

• नाना पाटेकर :

नाना पाटेकर बलिउड इन्डस्ट्रीको सबैभन्दा प्रसिद्ध अभिनेताहरु मध्ये एक हुन्। तर आजकल नाना अभिनेत्री तनुश्री दत्ताले उनी माथि लगाएको यौन दुर्व्यवहारको आरोपको कारण बदनाम भएका छन्। अधिकांसले तनुश्रीले उनी माथि लगाएको आरोप झुटको खेती मात्र भएको भन्दै आएका छन् किनकी नाना आफ्नी आमाको अत्यन्तै धेरै इज्जत गर्छन्। जो व्यक्ति आफ्नी आमाको ईज्जत गर्छन्, उसले कसरी एक युवतीलाई दुर्व्यवहार गर्न सक्छ। उनले आफ्नो सबै सम्पत्ति महाराष्ट्रका किसानलाई दान दिएका छन्। उनी आफ्नो आमासँग एक सानो घरमा बस्छन्।

• सलमान खान :

सलमान खान बलिउडको एक मात्र यस्ता अभिनेता हुन् जो कुनै न कुनै कारण सञ्चार माध्यममा छाईरहन्छन्। तीन चर्चित खानमध्ये सबैभन्दा बढी मिडियाले उनैलाई पछ्याउँछ। उनी अरु बलिउड कलाकारहरुका तुलनामा मानिसहरुलाई मद्दत गर्नको लागि सबैभन्दा अगाडी रहन्छन्। सलमान खान आफ्ना दुवै आमा(सलमा खान र हेलेन) लाई अत्यन्तै माया र ईज्जत गर्छन्। व्यस्तताको बाबजूद पनि उनी प्राय: आफ्ना आमालाई घुमाउन लगिरहन्छन् र कहिल्यै पनि आफ्नो कमी महसुस हुन् दिँदैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *