२०८१ वैशाख १३ गते | 25th of April 2024

शरीरमा पाटन दरवारको टाट्टु

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २४ गते १७:२७

काठमान्डौं – नेपाली युवाहरुको ट्याटु मोह यतिबेला निकै बढ्दै छ । शरीरका बिभिन्न अँगमा ट्याटु हान्न केटा केटी सबै लालायित देखिन्छन् । ट्याटुलाई मरेपछि आफुसँगै लाने एउटा चिनोको रुपमा हेरिन्छ । ट्याटु मेकरहरु शरीर एउटा मन्दिर भएको र त्युलाई सजान ट्याटु हान्नु पर्ने बताउँछन् । यद्यपी ट्याटुलाई लिएर नेपाली युवाहरुलाई गलत मानसिकता पन छ ।

यसैबिच आफ्नो शरीरको सबै भागमा ट्याटु हानेका यस्ता व्यक्ति भेटिएका छन् । काठमाडौंमै ट्याटु आर्टिस्टको रुपमा काम गर्दै आएका ती व्यक्तिले आफ्नो शरीरमा पाटन दरबारको ट्याटु हानेका छन् , जस्ले सबैलाई अचम्मित पारेको छ। ३ दिन लगाएर हानिएको उक्त ट्याटु यतिबेला चर्चामा छ ।

ग्वार्कोमा अवस्थित ट्याटु घरमा ट्याटु हान्ने युजेशका अनुसार ट्याटुबाट रोग नलाग्ने यदि त्यसमा गतिलो केमिकल प्रयोग गरियो भने बताउँछन् । हालसम्म थुप्रै सेलिब्रेटीहरुको ट्याटु हानेका युजेशले युवतीहरुको संवेदनशिल अँगमा ट्याटु पनि हानेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *