२०८१ वैशाख ७ गते | 19th of April 2024

अमाजुसँग बोल्दिनन ऐश्वर्या राय

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २८ गते १०:२९

मुम्बई- अमिताभ बच्चनकी छोरी श्वेतासँग सुन्दरी नायिका ऐश्वर्याको बोलचालै बन्द भएको छ । भारतिय मिडियाका अनुसार सासु जया बच्चनसँग खराब सम्बन्ध भएकी ऐशकोे आमाजु श्वेतासँग पनि सम्बनध नराम्रो भएको बताइएको छ । बुधबार श्वेताद्वारा लिखित पहिलो उपन्यासको विमोचन कार्यक्रम थियो । बच्चन परिवारका लागि निकै महत्व राख्ने उक्त कार्यक्रममा ऐश्वर्या र अभिषेक उपस्थित भएनन् । उनीहरु छोरी आराध्यालाई लिएर कबड्डी म्याच हेर्न पुगेका थिए । Image result for sweta bachchan

ऐश्वर्याकै दवावले अभिषेकले पनि श्वेताको कार्यक्रम ‘बहिष्कार’ गरेको बताइएको छ । किताब बिमोचन कार्यक्रममा अमिताभ र जयाका साथै केही चलचित्रकर्मीहरु पनि आएका थिए । तर उक्त कार्यक्रममा भाइ नआउदा श्वेता दुखी भएको बताइएको छ । श्वेताको फेसन चेनको उद्घाटन कार्यक्रममा ऐश्वर्या आफ्ना पति अभिषेकसँगै पुगेकी थिइन् । तर, श्वेतासँग उनको बोलचालै भएको देखिएन । उनीहरु एक अर्कासँग तर्किएका थिए । ऐश्वर्या औपचारिकता निभाउन मात्रै सो कार्यक्रममा उपस्थित भएकी थिइन् ।

Image result for aishwarya and abhishek

सोही कार्यक्रममा अभिषेककी पूर्वप्रेमिका करिश्मा कपुर पनि आएकी थिइन् । ऐश्वर्यासँग नबोलेकी श्वेता करिश्मासँग भने निकै हेलमेल भएको देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *