1

नेवा: नख: न्यूयोर्कको दोस्रो अधिवेशनबाट बिष्णुमान प्रधान निर्वाचित

137 पटक पढिएको

न्यूयोर्क – नेवा: नख: न्यूयाेर्कका उपाध्यक्ष बिष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण सदस्यज्यूहरूलाई स्वागत गरी संचालन गरीएको साधारण सभाको अध्यक्षता नख:का अध्यक्ष राजा शाक्यले गरेका थिए भने प्रमुख अतिथिमा नख:का संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान थिए । उक्त सभामा महासचिब महेन्द्र बीर बज्राचार्यले संस्थाको कार्य प्रगति बिबरण पेश गरेका थिए भने सभामा संस्थापक सचिब संजय शिलाकार, सल्लाहकार अजय मान छोचूं, राज कुमार श्रेष्ठ, सचिब डा. नरेश मान शाक्य, सदस्य दिपक कुमार प्रधान, नम्रता प्रधान, सुजन श्रेष्ठहरूले नख: लाई समुदायको हितमा अझ बढी सबल, सक्षम र सफल संस्था बनाउनका लागी शुभकामना सहित आ-आफ्ना मन्तब्य ब्यक्त गरेका थिए। 

नेवा: नख: न्यूयोर्कको दोस्रो अधिवेशनमा संस्थापक अध्यक्ष तथा प्रमुख निर्बाचन आयुक्त बीरेन्द्र प्रधानको निर्वाचन कमिटीले नयॉं कार्यसमिती निर्वाचित गरेको छ। नयॉं कार्यसमितिको अध्यक्षमा बिष्णु मान प्रधान, प्रथम उपाध्यक्षमा महेन्द्र बीर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बिमला श्रेष्ठ, महा-सचिवमा डा. नरेश मान शाक्य, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा दीपक कुमार प्रधान, सह-कोषाध्याक्षमा सुजन श्रेष्ठ, निर्वाचित गरेका छन भने सदस्यहरुमा नम्रता प्रधान, गणेश श्रेष्ठ, कुमार भक्त श्रेष्ठ, भरत शाक्य, महेन्द्र कुमार बज्राचार्य र गौतम कर्माचार्य निर्वाचित भएका छन ।Image may contain: Bishnu Man Pradhan, suit

नख:को बिधान अनुसार पूर्ब अध्यक्षहरू स्वत सल्लाहाकार हुने भएकोले संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान र निर्वतमान अध्यक्ष राजा शाक्य सल्लाहाकार रहेका छने भने सभाले पूर्ब सल्लाहाकार अजय छोचूं र राज कुमार श्रेष्ठ लाई सल्लाहाकारमा चयन गरेका छन् । संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान, निर्वतमान अध्यक्ष राजा शाक्य, सल्लाहाकार अजय छोचूं र राज कुमार श्रेष्ठले नब निर्वाचित कार्यसमिति लाई सफल कार्यकालको लागी शुभकामना दिएका थिए । साधारण सभाले बृहत रूपमा छलफल गरी नख:को बिधानमा केही पद र दफाहरू थपी बिधान शंसोधन गरेको छ।सभामा संस्थाको नयॉं सदस्यता पनि बितरण गरिएको थियो ।No automatic alt text available.

नेवा: नख: न्यूयोर्क नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि 2011 मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। नेवा: कला संस्कृतिको क्षेत्रमा काम गर्दै सबै समुदाय संग हातेमालो र सहकार्य गर्दै नख: लाई अगाडी बढाउने कुरा नव निर्वाचित अध्यक्ष बिष्णु मान प्रधानले गरेका छन् ।

तपाईको प्रतिक्रिया

लस एन्जलस - नेपाल अमेरिका पत्रकार संघ (नेजा) र आसन्न निर्वाचनमा होमिएको प्रवासी अमेरिकी नेपाली.. ...

सियाटल - आसन्न एनआरएन अमेरिकाको निर्वाचनका लागि महासचिव पदमा पशुपती पाण्डेले आफ्नो.. ...

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा बोर्ड सदस्य.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...