२०८१ वैशाख ६ गते | 18th of April 2024

तामाङ समाज अमेरिकाको कार्यालयमा बालबालिकाहरुको ‘नाङसाल नेपाली भाषा’ कक्षा

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ३० गते ११:१८

न्यूयोर्क – अमेरिकामा जन्मिएका बालबालिकाहरु नेपाली भाषा बोल्न छाडेका बेला हामी प्रवासमा रहेको नेपालीहरुले भाषा ,रितिथिति भेष भूषा,संस्कार संस्कृति आदिको संरक्षण, संम्बर्धन र बिकास अगिलो पुस्तालाई सिकाउदै हस्तारण गर्नू पर्छ भन्ने हितुका साथ”नाङसाल “नेपाली भाषा कक्षा संचालनमा ल्याएको हो ।

हरेक आइतवार बिहान दुई घण्टा १०:००देखि १२: ००बजे सम्म कक्षा संचालन गरिएको र निकट भबिस्यमै तामाङ भाषा र इंग्लिश After स्कूल कक्षा पनि संचालनको लागि गृहकार्य भैरहेको छ !त्यस्तै विद्यार्थीलाई संयोजन गर्ने लगायत नेपाली भाषा कक्षा संचालन कार्य बाल बिभागका संयोजक रेणु वाइबा र कोषाध्यक्ष फुरु लामाले गर्नु भएको छ ।

नेपाली डायस्पोरामा एकता र आपसी सदभावको अभिबृद्धिका साथसाथै सबल,सभ्य र स्वस्थ समाजको परिकल्पना सहित शिक्षाले संस्थाको लक्ष्य र उद्देश्यअनुरुपको कार्य गर्नु थालेको अध्यक्ष सानुमाया तामाङ्ले बताउनु भयो साथै निम्न स्थान र मितिमा कक्षा संचालन भईरहेको हुदा ईच्छुक सबैमा भाग लिनु हुन हार्दिक अनुरोध गर्द्छौ ।

स्थान :- ३९-३० ५८ स्ट्रीट तामाङ समाज अमेरिका कार्यालय
समय:- बिहान १० बजे देखी १२ बजें सम्म ( आइतबार)
Venue: 39-30 58th st (Tamang Samaj America’s Office)
Time: Sunday 10 :00 A.M. to 12:00 P.M.

Leave a Reply

Your email address will not be published. Required fields are marked *