1

दशैंको मुखमा अमेरिका आएका डा. दाहालको मृत्यु

923 पटक पढिएको

लस एन्जलस – कार्यालयको कामको शिलशिलामा अमेरिकाको क्लयालिफोर्निया राज्यको लस एन्जलस शहर आएका डा. भोलाप्रसाद दाहालको निधन भएको छ । दशैंको संघारमा कामको शिलशिलामा विदेश आएका डा. दाहाल बसेको स्थानीय होटलमा निधन भएको पुष्टी भएको छ ।

सामाजिक अभियान्ता विद्यासागर योन्जनको फेसबुकबाट :
रामेछापमा जन्मेको शिक्षाविद् तथा सामाजिक अभियन्ता डा. भोलाप्रसाद दाहालको सोमबार अमेरिकाको क्यालिफोर्निया राज्यमा निधन भएको परिवारले जानकारी दिएको छ ।

परिवारिक स्रोतले दिएको जानकारीअनुसार दाहाल सर्च फर कमन ग्राउन्ड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको बैठकमा भाग लिन अमेरिका आएका थिए | होटेलको कोठामा दाहाल मृत भेटिएका जानकारी परिवारलाई दिईएको छ । दाहाल हाल सर्च फर कमन ग्राउन्डका नेपाल निर्देशक थिए ।

‘दाहालको मृत शरीर लस एन्जलस काउन्टी कर्नरमा राखिएको छ भने अनुसन्धान पछि मृत्युको कारण सार्वजनिक हुनेछ’ महावाणिज्यदुत ऋषी ढकालले बताउनुभएको छ । ‘अनुसन्धानको लागि ३-५ दिनसम्म लाग्नेछ ।दुतावासले सम्बन्धित पक्षसंग सरोकार राखिरहेको छ । रिपोर्ट प्राप्त नगरी अरु केही उल्लेख गर्न सकिदैन’ महावाणिज्यदुत ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

लस एन्जलस - नेपाल अमेरिका पत्रकार संघ (नेजा) र आसन्न निर्वाचनमा होमिएको प्रवासी अमेरिकी नेपाली.. ...

सियाटल - आसन्न एनआरएन अमेरिकाको निर्वाचनका लागि महासचिव पदमा पशुपती पाण्डेले आफ्नो.. ...

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा बोर्ड सदस्य.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...