२०८१ वैशाख ६ गते | 18th of April 2024

जिबिएनसी अध्यक्षमा अर्जुनजंग कुंवर

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ३१ गते ११:०४

बोस्टन – नेपाली समुदायको उल्लेख्य बसोबास रहेको म्यासेचुसेट्स राज्यमा लोकप्रिय पुरानो नेपाली सामुदायिक संस्था ग्रेटर बोस्टन नेपाली समाज को अध्यक्षमा युवा अभियान्ता अर्जुन्जंग कुंवर निर्विरोध निर्वाचित भएका छन ।

एकता, भाईचारा र सामुदायिक सफलताको एउटा नमुना ग्रेटर बोस्टन नेपाली समाजमा स्थापना कालदेखी प्रथम उपाध्यक्ष हरेक बर्ष अध्यक्ष स्वत:चुनिने ब्यबस्था छ । राजनीति, पुर्वाग्रह र खिचातानीबाट टाढा रहेको जिबिएनसीका आफ्न केही कमजोरी हुंदाहुंदै पनि ‘हरेक बर्ष संस्थाको प्रथम उपाध्यक्ष आगामी एक बर्षको लागि संस्थाको अध्यक्ष चुनिने निर्विवाद परम्परा साच्चै नै अनुकरणीय छ ।

नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा अमेरिकी नेपाली समुदायमा सर्वाधिक उपस्थिती रहने ग्रेटर बोस्टन नेपाली समुदायसंगै हातेमालो गर्ने लोक संगित समुह ‘सुशेली’ को देउसी अमेरिकाभर चर्चित छ । आफ्नै सामुदायिक भावना निर्माणमा लागेको बोस्टनको नेपाली समुदायहरुमा विवादरहित प्रजातान्त्रिक तवरले संस्थाको पदाधिकारी चुनिने बिषयको राम्रो पक्ष अमेरिकामा सकृय अन्य नेपाली समुदायले ग्रहण गर्नु जरुरी छ ।

कोसेली ईभेन्ट्स मार्फत संगित र चलचित्र क्षेत्रमा सकृय नव निर्वाचित जिबीएनसीका अध्यक्ष कुंवर यति पुरानो र सम्मानित नेपाली समुदायको सम्भवत सबैभन्दा कान्छा सामुदायिक प्रमुख हुन ।

तस्विर : सान प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *