1

फेरि भारतले हवाई रुट दिन मानेन, निर्माणाधिन बिमानस्थलहरु संकटमा

39 पटक पढिएको

काठमाडौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम साता गरेको नेपाल भ्रमणमा चारवटा हवाई रुट दिने सहमति भएको थियो । यसै विषयमा असार पहिलो साता दुई देशबीच सम्झौता पनि भयो । तर सम्झौताको चार महिनापछि भारतले आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चापलाई कारण देखाइ हवाइ रुट अनुमति दिन नसकिने बताएको छ । सम्झौता कार्यान्वयनको विषयमा छलफलका लागि नयाँ दिल्ली पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीलाई भारतीय अधिकारीले रुट अनुमति दिन नसक्ने बताएसँगै निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै समस्या हुने देखिएको छ ।Image result for bhairahawa airport

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको धमाधम निर्माण कार्य भइरहेको छ भने निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अगाडि बढाइएको छ । प्रधानमन्त्रीको तहमा सहमति भइ सम्झौतापत्रमा हस्ताक्षर नै भइसकेको अवस्थामा भारतले सुरक्षाको कारण देखाएर हवाइ रुट दिन नसक्ने बताउनु अर्थपूर्ण छ । अहिले युरोप, मध्यपूर्व लगायत मुलुकबाट नेपाल आउने विमानलाई काठमाडौँमा अवतरण गर्न सिमराबाट मात्रै प्रवेश गर्नुपर्ने बाध्यता छ। थप हवाइ रुटबारे भइसकेको सहमति कार्यान्वयनका लागि आवश्यक परे प्रधानमन्त्रीकै तहमा छलफल गर्नुपर्छ ।Image result for nijgadh international airport

नेपालले चीनसँग व्यापार सम्झौता गरेपछि रुष्ट बेको भारतले यो रुट नदिनुा त्यसैको रुपमा बुझिएको छ । नेपालले चीनका ७ वटा बन्दरगाहा प्रयोग गर्न पाउने गरि चीनसँग सम्झौता भएपछि भारतीय पक्षले नेपालमाथि शंका बढाएको त्यति बेलै बुझिएको थियो । सम्झौता भइ कार्यान्वयनको समयमा आएर भारतले हवाई रुट नदिनुमा यसैको रुपमा लिनुपर्ने एक कुटीतिज्ञले बताए । नेपालको पछिल्लो समय चीनसँग सम्बन्ध हरेक क्षेत्रमा विस्तार भइरहेको भन्दै भारतले असन्तुष्टि पोख्दै आएको छ । यो पटक उसको असन्तुष्टि नेपाललाई असहयोग देखिएको हो ।

तपाईको प्रतिक्रिया

मुम्बई - नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह बिहे गनृका लागी इटाली पुगेका छन् ।उनीहरुले.. ...

न्यूयोर्क - विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गांस्ने अभियान शुरु भएको छ । सबैको.. ...

- लक्ष्मण सिटाैला तिमी एक्लो हुनुलाइ अभिशाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...