२०८१ वैशाख १४ गते | 26th of April 2024

कांग्रेस नेता बाँस्तोलाको निधनमा न्यूयोर्कमा श्रद्धान्जली सभा सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ५ गते ०:२७

सबु सापकोटा/ न्युयोर्क –  नेपाली कांग्रेसका नेता एवम् पुर्ब मंन्त्री चक्र प्रसाद बाँस्तोलाको निधनप्रति अमेरिकाको न्युयोर्क शहरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । नेपाली लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएका नेता बाँस्तोलाको गतहप्ता काठमाण्डौमा निधन भएको थियो । जनसंपर्क समिति अमेरिकाद्वारा आयोजित उक्त कार्यक्रममा युयोर्कस्थित बिभिन्न सामाजिक राजनैतिक संघसंगठनका प्रतिनिधि लगायत सयौंका संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसका नेता एवम् पुर्व मंत्री रामशरण महतको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै बक्ताहरुले दिवंगत नेता बाँस्तोलाले नेपाली लोकतान्त्रिक आन्दोलनमा खेल्नुभएको नेतृत्वदायी भूमिकाको चर्चा समेत गर्नुभएको थियो ।

कार्यक्रममा स्वर्गीय नेता बाँतोलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रमुख अतिथि महतले नेता बाँस्तोला एक बौद्धिक, जुझारु एवम् राजनैतिक सुझबुझ भएका एक राजनेता भएको उल्लेख गर्दै नेपालमा लोकतन्त्र स्थापनार्थ खेल्नुभएको भूमिकाको मुक्तकण्ठले प्रसश गर्नुभएको थियो । बिपी कोईरालाको राजनैतिक सिद्धान्तबाट प्रभावित भएर बनारस विश्वबिद्यालयदेखि नै सकृय राजनीतिमा लाग्नुभएका बाँस्तोला २०२९ सालमा भएको लोकतन्त्र स्थापनार्थ जहाज अपहरणको घटनादेखि सन १९७१ मा बंगलादेशमा भएको लिबरेशन आन्दोलनमा जननेता बिपी कोईरालाको नेतृत्वमा नेपाली कांग्रेस पार्टीले नेपालमा सशत्र क्रान्ति गर्ने योजनाका साथ जुटाएर राखेको हतियार नेता गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा नेता चक्र प्रसाद बाँस्तोला स्वतन्त्रताप्रेमी तत्कालीन बंगलादेशी जनताको आन्दोलनमा सहभागि भएको कुरा उल्लेख गर्नुहुँदै दक्षिण एशिया क्षेत्रबाट तानासाहहरु नहटुन्जेल नेपालमा पनि लोकतन्त्र संभव छैन भन्ने हेक्का समेत वहाँमा रहेको कुरा उल्लेख गर्नुभयो ।

कुनै पनि राजनैतिक पार्टीको मुल्यांकन त्यसको नेतृत्व, सिद्धान्त, विचार, ऐतिहासिक पृष्ठभूमि र देशलाई पुर्याएको योगदानका आधारमा हुने कुरा उल्लेख गर्दै नेता महतले आफ्नो पार्टीले लोकतन्त्र स्थापनार्थ र आर्थिक समृद्धिका निम्ति गरेको योगदान अतुलनीय रहेको कुरा स्मरण गर्नुभयो । नेपाली कांग्रेसले लिएको उदार अर्थनीतिकै कारण नै १० बर्षसम्मको लामो संघर्षमा समेत मुलुकको अर्थतन्त्र धानिएको कुरा पनि नेता महतले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेता बाँस्तोलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै एनआर एनका नेता, तथा अमेरिकाका बरिष्ठ अधिवक्ता खगेन्द्र जि.सी., नेपाली कांग्रेसका नेता त्रैलोक्य प्रताप सेन, नेपाली जनसंपर्क समिति अमेरिकाका नेता वेद प्रसाद खरेल, प्रवाशी नेपाली मंचका महासचिव राधाकृष्ण देउजा, आदिवासी जनजाती महासंघ अमेरिकाका बरिष्ठ उपाद्यक्ष राजकुमार बिष्ठ, एनआर एन अमेरिका सदस्य बन्दना कोईराला, एनआर एन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, तामाङ सोसायटी नर्थ अमेरिकाका अध्यक्ष लाक्यान लामा, मगरसंघ अमेरिकाका अध्यक्ष कुलदिप रानामगर, कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन बुढामगर,, युनाइटेड किरातराई एशोसिएसन अमेरिकाका अध्यक्ष केशव राई, सुदुरपश्चिम समाज अमेरिकाका अध्यक्ष गणेश बिष्ट, एभरेष्टटाईमका प्रधानसंपादक पत्रकार आङ छिरिङ शेर्पा लगायतले स्वर्गीय नेता बाँस्तोलाको राजनैतिक योगदानको चर्चा गरेका थिए ।

स्वर्गीय नेता बाँतोलाप्रति संझदै मौन धारण र पुष्पार्पणबाट शुरु गरिएको उक्त कार्यक्रम जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्रबिक्रम नेम्वाङले नेता बास्तोलाको राजनैतिक जिवन बारे प्रकाश पार्दै संचालन गर्नुभएको थियोभने जनसंपर्क समिति अमेरिकाका अद्यक्ष एवम् नेकांका आमन्त्रित केन्द्रिय सदस्य तथा श्रद्धांजली सभाका अध्यक्ष आनन्द बिष्टको श्रद्धान्जली मन्तब्यसँगै समाप्त भएको थियो ।

बिसं २०६९ पुस १४ गते मोरङको विराटचोकमा एक कार्यक्रममा बोल्ने क्रममा नेता बाँस्तोलालाई मस्तिष्काघात भएको थियो । त्यसयता उनी अर्धचेतन अवस्थामा थिए। कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगाँव, कहिले न्युरो अस्पताल बाँसबारी र पछिल्लो समय लामो समयदेखि घरैमा उनको उपचार भैरहेको थियो। बिगत ६ बर्षदेखि निरन्तर उनको स्याहार सुसार र उपचार निजकै धर्मपत्नी कुषुम बाँस्तोलाले स्वनिवास खुमलटार ललितपुरमा गर्दै आउँनुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *