२०८१ वैशाख ६ गते | 18th of April 2024

कृयापुत्री भवन निर्माणका लागि तनहुँं समाज, अमेरिकाद्दारा सात लाख रुपैंया सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ८ गते १२:३२

दमौली –  तनहुँ अमेरिका सोसाईटीद्धारा तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन क्रियापुत्री भवनको लागि ७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सोसाईटीका तर्फबाट बुधबार एक कार्यक्रमका बिच महासचिव कृष्णजीवी पन्थले क्रियापुत्री भवन निर्माणका लागि ७ लाख रुपैयाँ सहयोग प्रदान हुन् । महासचिव पन्थले उक्त रकम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपाने र क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।44731993_327360578068559_1265873702768082944_n

उक्त अवसरमा जानकारी दिए अनुसार न्युयोर्क, बाल्टिमोर, भर्जिनिया, सनफ्रान्सिस्को, डालास, ह्युसटन लगायत विभिन्न शहरमा बस्ने ४२ जना तनहुँङगेहरुबाट उपलब्ध गराएको रकम हस्तान्तरण गरिएको हो । सो अवसरमा प्रमुख अतिथी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने , उपप्रमुख मिरा जोशी, वडा नं ४ का वडा अध्यक्ष विश्व न्यौपाने , भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्सालले सहयोग प्रदान गरेकोमा महासचिव पन्थ लगाएत अन्य सहयोगी दाताहरुलाई आभार व्यक्त गरेका थिए ।44732005_2248596125212854_229385059293986816_n

सोसाइटीका महासचिव पन्थले विदेशमा रहेर पनि मातृभूमि प्रति केही गर्नुपर्छ भन्ने भावनाले उत्प्रेरित भएर आफूहरुले रकम सहयोग प्रदान गरेको कार्यक्रममा बताएका थिए ।
सोही रकम हस्तान्तरण कार्यक्रममा महासचिव पन्थलाई समितिका तर्फबाट दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो ।44815448_556849004756474_5444671002518749184_n

44633536_299071070821838_2469124974179254272_n (1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *