२०८१ वैशाख १२ गते | 24th of April 2024

संसारका प्रख्यात सेक्स पर्यटन बजार

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ८ गते १२:५४

एजेन्सी – सेक्स मानव जिवनको एक अपरिहार्य प्राकृतिक प्रक्रिया हो । सेक्स भन्ने बिक्तिकै मानिसमा एउटा नयाँ तरंग पैदा हुन्छ । पछिल्लो समय सेक्सले नयाँ मोड लिईरहेको पाईन्छ । अहिले विश्वमा सेक्सलाई सामान्य रुपले हेर्न थालिएको पाईन्छ । सेक्सलाई व्यवस्थित गर्न विभिन्न कानुन समेत बनाईएका छन् । विश्वका विकसित मुलुकले यसलाई व्यवस्थित गर्न तथा पर्यटकलाई आर्कषित गर्न सेक्स पर्यटनको अवधारण नै ल्याएका छन् । विश्वका केही यस्ता देश छन् ,जहा सेक्सको लागी खुल्ला बजारको व्यवस्था नै गरिएका हुन्छन् । सेक्स मार्फत पर्यटकहरुलाई आर्कषित गर्न यस्ता योजनाहरु ल्याएका छन् ।Related image

संसारका उत्कृष्ट सेक्स पर्यटन बजार :

डोमेनिकन रिपब्लिक: क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ । त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन् । यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी रहेको अनुमान छ । यौन बजारमा ‘पसल थाप्न’ हाइटीदेखिका महिला पनि डोमेनिकन रिपब्लिक पुग्ने गरेका छन् ।Image result for dominican republic sex tourism market

डोमेनिकन रिपब्लिकमा देहव्यापार गैरकानुनी छैन । यद्यपि उमेर नपुगेकासँग सेक्स गर्नुलाई यहाँ अपराध मानिन्छ । दुर्भाग्य, यहाँका अधिकांश महिला यौनकर्मी उमेर नपुगेका किशोरी नै छन् । अमेरिका र युरोपबाट सजिलै पुग्न सकिने भएकाले यहाँ यौन पर्यटन चकित तुल्याउने गतिमा वृद्धि भइरहेको छ ।

कम्बोडिया: देहव्यापारविरुद्ध भएका कुलुकमध्ये एक हो, कम्बोडिया । तर यसको कार्यन्वनपक्ष ज्यादै फितलो छ । जसले गर्दा यहाँ यौन व्यवसाय फस्टाएको छ र विदेशी पर्यटन यसतर्फ आकर्षित भएका छन् । यौन व्यवसायमा बालबालिकाको प्रयोग कम्बोडियाको प्रमुख मानवअधिकारको मुद्दा बन्न पुगेको छ ।

Image result for cambodia republic sex tourism market

कम्बोडिया संसारकै गरिब राष्ट्रहरुमा पर्छ । त्यहाँको तलबदर अत्यन्तै कम छ । चरम गरिबीका कारण कतिपय अभिभावकले यौन व्यवसायमा लगाउन आफ्नै सन्तानलाई बिक्री गर्ने गरेका छन् । नवकिशोरीको ‘भर्जिनिटी’ सेक्सका पारखीले ज्यादै मूल्यवान ठान्ने गरेका छन् । यस्ता पर्यटकले कम्बोडियालाई इच्छा पूर्तिगर्नृ गन्तव्य बनाउने गरेका छन् ।

नेदरल्यान्ड्स: यौन व्यवसाय गरिब मुलकमा मात्रै फस्टाउँदैन । नेदरल्यान्ड्सजस्तो धनी देशको यौन पर्यटन पनि प्रसिद्ध छ । सरकारले देह व्यापारिका लागि छुट्टै ‘रेड लाइट एरिया’ तोकेको छ । जहाँ नेदरल्यान्ड्सभित्र र बाहिरका मानिसले गर्ने यौन सन्तुष्टि खरिद गर्ने गरेका छन् ।Image result for netherland republic sex tourism market

आम्सटर्डममा रहेको ‘रेड लाइट एरिया’ मा पर्यटनका लागि यौनकर्मीले ‘सेक्स सप’, ‘पिप शा’, ‘स्ट्रिप क्लब’ लगायत सञ्चालन गरेका छन् । त्यस्तै होटेल र लजका कोठामा यौन बिक्री गर्ने व्यवसायी पनि प्रसस्तै छन् । यौन व्यवसायले कानुनी मान्यता प्राप्त गरेकाले यौनकर्मी र यसका ग्राहक दुवैले नेदरल्यान्ड्समा तनाब बेहोर्नु पर्दैन । यौन सव्तुष्टि खअरिद गर्न एउटा पर्यटकले एक पटकमा ३५ सय युरोमम्म खर्च गर्नुपर्छ ।

केन्या: केन्यामा गरिबीकै कारण यौन व्यवसाय फस्टाइरहेको छ । यौन व्यवसायमा संलग्नमध्ये अधिकांश गरिब, अशिक्षित, र नवकिशोरी छन् । केन्याको बजारमा यौन असुरक्षित मानिन्छ । यहाँका यौनकर्मीमा एचआइभी एड्सको अवस्था भयावह छ । भिरिंगीलगायतका यौनरोगबाट ग्रसित यौनकर्मीको संख्या पनिा यहाँ धेरै छ ।

Image result for kenya republic sex tourism

१२ वर्षदेखिका किशोरीले यहाँ सेवा उपलब्ध गराउने गरेका छन् । जुनसुकै समूहका यौनकर्मीले कन्डम प्रयोगमा त्यती उत्साह देखाउने गरेका छैनन् । कैन्याली यौनकर्मीले दिनमा पाँच जना ग्राहकसम्मलाई सेवा दिने गरेका छन् ।
यहाँ प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्ने गरेको छैन ।

ब्राजिल: ब्राजिल जंगल सयर, त्यहाँका सुन्दर र मिजासिला मानिस, मन लोभ्याउने समुन्द्री किनार र अनेक पर्वमा यौन परिकार पनि थपिएपछि संसारभरीका बिलासी मानिसले यी सबैको एकैपटम सन्तुष्टि लिन ब्राजिललाई गन्तव्य बनाउन थालेका छन् । ब्राजिलको यौन बजारलाई संसारकै दोस्रो ठूलो यौनबजार मानिन्छ । यहाँको यौन बजारमा नारी र पुरुष दुवै पर्यटकले सेवा पाउछन् । पछिल्लो विश्वकप फुटबलका समयमा यौन बजारको हिस्सा बन्न संसारभरीबाट यौनकर्मी ब्राजिल पुगेका थिए ।

Image result for brazil republic sex tourism

फिलिपिन्स: फिलिपिन्समा यौन व्यवसायविरुद्ध कडा कानुन छ । यसमा संलग्न व्यक्तिलाई राज्यले पक्राउ गरेर दण्डसमेत दिने गरेको छ । तर पनि फिलिपिन्सको बजार संसारकै मुख्य बजारमा गनिन्छ । फिलिपिन्समा करिब पाँच लाख यौनकर्मीले सेवा उपलब्ध गराइरहेका छन् । तीमध्ये अधिकांश ‘बार गर्ल’को आवरणमा सक्रिय छन् । फिलिपिन्स पुग्ने अधिकांश विदेशी पर्यटक त्यहाँको यौन बजारमा पुग्ने गरेका छन् । एक अनुसन्धानले फिलिपिन्स पुग्ने ४० देखि ६० प्रतिशत पर्यटकले फिलिपिन्सको यौन बजारमा सन्तुष्टि खरिद गर्ने उद्देश्य राख्ने गरेको देखाएको छ ।Image result for philippines republic sex tourism

इन्डोनेसिया: बढी संख्यामा बालबालिका संलग्न भएको यौन बजारमध्ये इन्डोनेसिया पनि एक हो । त्यहाँको यौन बजारमा विदेशी पनि आकर्षित भएपछि इन्डोनेसियाली सरकारलाई यौनकर्ममा बालबालिकाको संलग्नता रोक्न ज्यादै अप्ठेरो भएको छ । इन्डोनेसियामा यौन व्यवसाय कानुनी रुपमा वर्जित छ । नैतिक दृष्टिकोणले समेत यसलाई ज्यादै तल्लो स्तरको पेशा मानिन्छ । यति हुँदाहुँदै पनि विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने स्तरमा यहाँको यौन बजारको विकास भएको छ । कानुनी रुपमा बन्देज लगाइएकाले यहाँका यौन व्यवसायीले सामाजिक सञ्जाल तथा वेबसाइटको बढी प्रयोग गर्ने गरेका छन् ।Image result for indonesia republic sex tourism

स्पेन: म्याड्रिड, बार्सिलोनाजस्ता सहर यौन सन्तुष्टि खोज्नका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । यहाको नाइटलाइफ ज्यादै भब्य छ । देहव्यपारलाई कानुनी मान्यता दिइएकाले युरोपभरी स्पेन प्रमुख सेक्स गन्तव्य बन्न पुगेको छ । म्याड्रिडमा रहेको रेड लाइट एरियामा विभिन्न ठाउँबाट मानिस सजिलै आउन सकून भनेर बाटोघाटोको राम्रो व्यवस्था मिलाइएको छ । स्पेनको यौन बजारमा स्पेनीभन्दा बढी दक्षिण अमेरिकन नागरिक सक्रिय छन् । त्यमध्ये प्राय: सबै महिला छन् ।

Image result for spain republic sex tourism

थाइल्यान्ड: थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । समलिंगीका लागि समेत त्यहाँ खुल्ला छ । बैंककको पताया र पतपाङमा यौनकर्मी बढी केन्द्रित छन् । नग्न नृत्य, पूर्णयौन सुविधा लगायत सेक्स शो त्यहाँ देखाइन्छ ।Image result for thailand sex tourism

बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम ‘न्यड शो’ चलिरहेको देख्न पाउछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यलयमा दर्ता भएका छन् र उनीहरु नियमित कर तिर्छन् । त्यसैले उनीहरुको स्वास्थ्य र सुरक्षमा सरकारले चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *