२०८१ वैशाख ७ गते | 19th of April 2024

छनौट समिति र पशुपतिको नेतृत्वमा अबको जुंगा लडाई

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ८ गते १६:५३

सुर्य प्रसाई/ लस एञ्जलस

अन्तत: लस एञ्जलस स्थित श्री पशुपतिनाथ फाउन्डेसनले भक्त थापा प्रमुख रहेको छनौट समितिले सामाजिक संजालमा सार्वजनिक भएको १० घण्टा पछि २१ सदस्योय बोर्ड सदस्यको नाम सार्वजनिक गरेको छ । आगामी २ बर्षे कार्यकालका लागि छनौट गरिने नामावलीमा कति जना र कस कसले बिन्ति पत्र दाखिला गरेका थिए भन्ने कुरा सार्वजनिक गरिएको छैन ।

छनौट समिति भित्रका आन्तरिक कुराहरु सामाजिक संजाल तथा समाचारमा बाहिरिएर दवाब झेलेको छनौट समिति आफ्नो गोपनियता कायम राख्न नसक्दा निक्कै तनावमा थियो । छनौट समितिका एक सदस्यले पठाएको इमेल बाहिरिए पछि दवाबमा परेको समितिका सामु झन् बिन्ति पत्र दाखिला गर्नेहरुकै नाम सावजनिक भए पछि एकाएक लस एञ्जलसको नेपाली समुदाय हिजो दिन भरि गर्माएको थियो भने छनौट समिति भित्रै एक अर्का प्रति अविस्वास पैदा गरेको थियो । सामाजिक संजालमा २८ जनाको नाम सार्वजनिक भए संगै छनौट समिति एकाएक बिन्ति पत्र हाल्नेहरुलाई फोन सम्पर्क गर्न तम्स्यो र गर्यो ।

जो जो संग कुरा भयो २१ मा परे सम्पर्क हुन नसकेकाहरु फाउन्डेसन संचालन गर्ने कार्यमा बन्चित भए । फूलपाती बिसर्जनको कार्यक्रम पछि छनौट समितिले कम्मर कस्यो र पुरुषार्थ देखायो । सार्वजनिक भैसकेको नामलाई २१ मा सिमित गरेर आधिकारिक रुपमा सार्वजनिक गर्यो ।

नामावली हेर्दा यो पल्ट नि हिजो दिउसो सामाजिक संजालमामा सार्वजनिक भै सकेका १० जना पुरानै बोर्ड सदस्य हरु सम्मानित भएका छन् भने थप ११ जना नया अनुहार २१ जनाको बोर्ड मा समेटिएका छन् ।

निवर्तमान बोर्डमा रहेका नेत्र मैनाली, राजेन्द्र सिवाकोटी, बलराम थापा , हेम राज भट्ट, मुकुन्द ढुंगाना,  बखन थापा, डन कार्की , सुबाश दाहाल, बेद दवाडी , प्रेम गुरागाईं, गोपाल योगी,  उमा कार्की थापा , इश्वरी भट्टराई , उत्तमजंग थापाका बिन्ति पत्र नै परेन । जो आगामी २ वर्षका लागि फाउन्डेसनको बोर्डबाट बाहिरिएका छन् भने बिन्ति पत्र हाल्ने गर्ने गोकुल ढकाल  पनि २१ मा परेनन्।

‘बोर्डलाई अलि फराकिलो पार्नु पर्छ , प्रजातान्त्रिक पारिनु पर्छ र पारदर्शी नि हुनुपर्छ” भन्ने कुरा लाइ फेरी एक पल्ट छनौट समितिमा रहनु भएका भक्त थापा , ऋषि ढकाल , जीत जोशी लगायतकाले समुदायको आवाजलाइ कुल्चिनु भएको छ ।भलै छनौट समितिले ऋषि ढकाल (छनौट समिति कै एक सदस्य ) का सहोदर भाइ भिम ढकालको बिन्ति पत्र लाइ २१ भित्र स्वीकार गरेको छ भने बिन्ति पत्र हाल्ने अन्य १० जना लाई अस्विकार गरेको छ ।

चार वर्ष अघि देखि छनौट प्रक्रियानै गलत भन्दै उठेको सामुदिय्क आवाज यो वर्ष निक्कै चरम अबस्थामा पुगेको थियो । समुदाय सदस्यहरुबाट एक पल्ट मन्दिरकै आँगनमा सामुदायिक भेटघाटको अनुरोध लत्याउदै विधान र विधि को अडानमा सामुहिक हातेमालो गर्ने क्रममा हठ र अहंकार हावी भएको छ भन्दा फरक नपर्ला । समुदायका अगाडी नाजवाफ र निर्लज्ज बनिसकेको छनौट समिति यसपछि परिवर्तित विधान अनुसार ७ जनाको कार्य समिति निर्माणमा त्यतिकै हावी हुने आसंका बढ्दै गएको छ।
खास गरि चार वर्ष अगि एकाएक सचिव पद हासिल गर्न सफल भएका रामेश्वर भण्डारीलाइ छनौट समितिका भक्त थापा , ऋषि ढकाल तथा जित जोशीले काखी च्यापेका छन् भने फाउन्डेसन लाई सर्वाधिक चन्दा दिएका एक राज पाण्डे (Narayan ) पनि नेतृत्व मा लोभिएका छन् ।

भण्डारी अहिलेका सचिव पदमा छन् / उनलाई चार वर्ष अघि ऋषि ढकाल र भक्त थापाको ” ग्रीन सिग्नल ” मा जीत जोशीले ”कलेजमा पढाउने मसंग एउटा केटो छ, भनेको सबै मान्छ ” भन्दै फाउन्डेसन मा एकै पल्ट सचिब पदमा भित्राएका थिए । त्यसै गरि सबै भन्दा बढी चन्दा दिने र पर्यो भने फेरी ५०, ६० हजार चन्दा कबोल गर्ने बहानामा पाण्डे परिवार भित्रै एक प्रकारको लबिङ्ग शुरु भएको छ । सायद यसैको दवावमा हुन सक्छ छनौट समितिले एकराज , राम बाबु , राजेस र शुसिल पाण्डे लाई २१ भित्र अनुमति दिएको छ ।

फाउन्डेसनको सुरुवाती देखि तल्लिन गोकुल पौड्यालको दावी छनौट समितिलाइ घाँडो साबित हुन सक्छ । स्पस्ट बक्ता , समयानुकुल परिवर्तित सोच र यो गतिमा फाउन्डेसन्लाइ संचालन गर्नु आफैमा घातक हुने विचारका साथ् आफ्नो नेतृत्व विकल्प रहित रहेको ठान्ने पौड्याल संस्था भित्रै रहेर आमुल परिवर्तन गर्ने मुडमा छन् । जुन सोच नै छनौट समितिका भक्त थापा , ऋषि ढकाल र जीत जोशीहरुका लागि अबको असजिलो हुने देखिएको छ । समुदायका एक थरिलाइ फाउन्डेसनको नया बोर्ड काग लाइ बेल पाक्यो हर्ष न विस्मात को अवस्था छ ।

चाहे जे होस् लस एञ्जलसमा श्री पशुपतिनाथ फाउन्डेसनको नया बोर्ड गठन गर्ने प्रक्रिया र यो प्रक्रिया नै गलत हो भन्ने एक थरि साथीहरु जो यो प्रक्रियामा सामेल नै भएनन् र उनीहरुको आरोप संस्था पारदर्शी भएन, प्रजातान्त्रिक भएन भन्ने अडान यद्धपि कायमै देखिन्छ । यो अवस्थामा संस्थाको प्रमुख पदमा यो भन्दा अगाडी जिम्मेवार पदमा बसेका भक्त थापा , ऋषि ढकाल , तारा गुरुङ नै छनौट समितिमा रहेर कार्य सम्पादन गर्नु आफैमा भुल थियो र त्यो भुलले निकाल्ने परिणाम आज साबित भएको छ । अब गठन हुने कार्य समिति लाइ छनौट समिति ले एउटा कठिन मोडको जिम्मेवारी सुम्पदै छ । संस्था भित्र परिवर्तन र परदार्सिता खोजेका भाँचिएका मनहरु जोड्न र भोलिका दिनमा नया बोर्डको कार्यशैली र मन्दिर मा हुने व्यापक समुदाय सहभागिता ले त्यसको सफलता र असफलता लाई पुस्टि गर्दछ ।

फाउन्डेसनले सार्वजनिक गर्नु भन्दा १० घण्टा अगाडी सामाजिक संजालमा निस्केको नामावली :
१) एकराज पाण्डे २) राम बाबु पाण्डे ३) राजेस पाण्डे ४) डिल्ली थापा ५) लक्ष्मण नेपाल ६) एकदेव शर्मा ७) चिरन्जीवी गौतम ८) सुष्मा पौडेल ९) उपेन्द्र न्यौपाने १०) ज्ञानेन्द्र गुरुङ ११) बासुदेव घिमिरे १२) शान्तराम पाठक १३ ) दिपक पाठक १४) रामेश्वोर भण्डारी १५ ) बिमल श्रेष्ठ १६ )दिल बहादुर श्रेष्ठ १७ ) भिम ढकाल १८) गोकुल पौड्याल १९ ) इन्दिरा त्रिपाठी २० ) सावित्र ओली २१) गोकुल ढकाल २२) रामचन्द्र लामिछाने २३ )सुशिला पाण्डे २४) लक्ष्मी रानाभाट २५) श्याम पौडेल २६) उपेन्द्र सापकोटा २७ ) तिलक कार्की २८) गंगा बस्नेत २९ ) …………. ३०) ……………. ३१) ……………..।

Leave a Reply

Your email address will not be published. Required fields are marked *