२०८१ वैशाख ७ गते | 19th of April 2024

श्रीपशुपतिनाथ फाउन्डेशन युएसएको अध्यक्षमा गोकुल पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक ११ गते २३:३१

लस एन्जलस –  लस एन्जलसस्थित श्रीपशुपतिनाथ फाउन्डेसन बोर्डको आज बसेको बैठकबाट बोर्ड सदस्य गोकुल पौडेल अध्यक्षमा  चयन भएका छन्।

यसैगरी बैठकले उपाध्यक्षमा एकराज पाण्डे र रामबाबु पाण्डे, सचिवमा बिमल श्रेष्ठ, सह-सचिवमा रामचन्द्र लामिछाने, कोषाध्यक्षमा भिम ढकाल र सह-कोषाध्यक्षमा सुशीला पाण्डेलाई चयन गरेको छ ।

मन्दिरको नियमित संचालन तथा व्यवस्थापनका लागि बनेको २१ सदस्यीय बोर्डको अन्य सदस्यहरुमा बासुदेब घिमिरे, डिल्ली थापा, एक देव शर्मा, ज्ञानेन्द्र गुरुङ, गङ्गा बस्नेत, इन्दिरा त्रिपाठी, केदार पौडेल, नोग पाठक ( दिपक पाठक), राजेश पाण्डे, रामेश्वर भण्डारी, सावित्रा ओली, तिलक कार्की, उपेन्द्र न्यौपाने र उपेन्द्र सापकोटा रहेको छनौट समितिले प्रकाशित गरेको सूचनामा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *