२०८१ वैशाख १२ गते | 24th of April 2024

कांग्रेस र नेकपा कार्यकर्ताबिच झडप, गोली लागि कांग्रेस कार्यकर्ताको मृत्‍यु

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक १३ गते ८:४८

सर्लाही – सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ताले हतियार सहित आक्रमण गर्दा नेपाली काँग्रेसका १ कार्यकर्ताको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्।

बिहान ७ वजे नेकपाका कार्यकर्ताहरु एक्कासी २ सयको संख्यामा आएर कुटपिट तथा गोली चलाउँदा वडा नं. ४ का वडा अध्यक्ष राम नरेश महतोको काका ५५ वर्षीय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटनास्थलमै ज्यान गएको सर्लाही क्षेत्र नम्वर ४ प्रदेश क बाट निर्वाचित सा‌ंसद बिरेन्द्र सिहले जानकारी दिए।

घाइते हुनेहरुमा सोही वडाका महादेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छर्रा लागि घाइते भएका स्थानीय प्रेम सिंहले बताएका छन् । घाइते लिन गएको एम्बुलेन्स माथि समेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको प्रदेश सांसद सिंहले जानकारी दिए । तोडफोडको क्रममा १० वटा घरमा समेत तोडफोड भएको हो ।

हिजो बिहान सोही नगरपालिका वडा नम्वर ४ बाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घुटा भाचिएको र टाउकोमा गम्भिर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालयमा घटनावारे बुझ्दा आफुहरुले बुझिरहेको डिएसपि पुरुषोतम पाण्डेले बताए ।

यति ठूलो घटना हुदा पनि प्रहरीले आरोपीलाई पक्राउ नगरी संरक्षण गरेको स्थानीयले आरोप लगाएका छन्। घटनास्थलमा प्रहरीलाई खटाई घटनावारे बुझ्न एसपीलाई पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए। नेकपाका कार्यकर्ताहरुले वडा अध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन, हाम्राकुराले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *