२०८१ वैशाख १४ गते | 26th of April 2024

निर्मला पन्तले न्याय नपाए देश त्याग्ने निर्मलाका बुबाको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक १६ गते १०:३०

कन्चनपुर – बलात्कारपछी हत्या भएको ३ महिना नाघेपनि छोरीको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै निर्मला पन्तका वुवाले न्याय नपाए देश त्याग गर्ने घोषणा गरेका छन् । अन्य ससाना घटनाका दोषीसमेत पक्राउ परिरहेका बेला जघन्य घटनाका अपराधी पक्राउ नपर्दा सरकारले घटना दबाउन खोजेको प्रमाणित भएको उनले दाबी गरेका छन् । सुदूर पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउन प्रदेश राजधानी आएका पन्तले सरकारले न्याय दिन सक्दिन भनेर स्पष्ट रुपमा भनिदिए आफु नेपाल नबस्ने बताएका हुन् ।

न्यायका लागी लामो समयदेखि सडकमा आउँदा समेत सरकारले हत्यारा सार्वजनिक गर्न नसकेको उनले बताए । सरकारसंग न्यायको अपेक्षाभन्दा अरु कुनै आशा नराखेको उनको भनाई छ । स्थानीय, प्रदेश र संघिय सरकारले न्याय दिने कुरामा ठुल्ठुल्ला आश्वसन दिएपनि न्याय पाउने आशा भने विस्तार मर्दै गएको पन्तले बताए । बलात्कारपछि हत्या भएको ९८ दिनसम्म पनि कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका परिवारले अझै न्याय पाउन सकेका छैनन उनीहरु अझै न्यायका लागि भौतारिरहेका छन ।

महिला अधिकारकर्मी सहित आज सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउदै निर्मलाका बुबा, कान्छि आमा र दिदीले चाडोभन्दा चाडो निर्मलालाई न्याय दिलाउन आग्रह गरेका छन । उनीहरुले प्रहरीलाई वर्खास्त भन्दा न्याय चाहेको भन्दै तिहारसम्म निर्मलाको हत्यारा पत्ता नलागे कडा आन्दोलनको समेत चेतावनी दिएका छन । उनिहरुले सरकारले चाडो भन्दा चाडो हत्यारा सार्वजनिक गनुपर्ने माग मुख्यमन्त्रीसंग राखेका छन् । संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि केहीबेर धर्नासमेत दिएको थियो ।

ज्ञापनपत्र वुभ्mदै मुख्यमन्त्री त्रिलोचन भट्टले निर्मला पन्तलाई न्याय दिलाउने कुरामा प्रदेश सरकार गम्भीर रहेको बताए । उनले सरकारले न्यायका लागी अहिले पनि विभिन्न समती बनाएको जानकारी दिए। अपराधी प्रकाउ गर्न केहि ढिलाई भएपनि सरकार त्यसमा गम्भिर रहेको उनले बताए। निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले धनगढीको चौराह देखि मुख्यमन्त्री कार्यालय सम्म प्रदर्शन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *