२०८१ वैशाख १४ गते | 26th of April 2024

केशव स्थापित मन्त्री पदबाट बर्खास्त

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक १६ गते १०:३७

काठमान्डौं – प्रदेश – ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।

त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निष्कर्षमा पुगेका थिए । व्यक्तिगत चरित्र र आचरणका कारण केहि दिनदेखि चर्चामा आइरहेका स्थापितको पछिल्लो काण्डका कारण मन्त्री पद नै गुमाउनु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *