२०८१ वैशाख १२ गते | 24th of April 2024

गीतकार भुपेन्द्र न्यौपानेको ‘जुनकिरी’ सार्वजानिक (भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक १६ गते ११:१४

टेक्सास- गीतकार भुपेन्द्र न्यौपानेको दोश्रो गीत “जुनकिरी” गीत बजारमा आएको छ । गीत विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजार ल्याएको हो । गीतका गायक प्रताप दास हुन् भने सङ्गीत शङ्कर थापाले दिएका छन् । नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनी प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनर अप बनेका थिए । Image may contain: 2 people, people smiling, sunglasses, outdoor and closeup

उक्त गीतमा कलाकारहरू अञ्जली अधिकारी तथा काजिश श्रेष्ठको अभिनय रहेको छ । क्यामरा अजय रेग्मीले गरेका छन् । गीतकार न्यौपाने अमेरिकाका समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *