२०८१ वैशाख ६ गते | 18th of April 2024

पहिले प्रधानमन्त्री बन्छु, त्यसपछि राष्ट्रपति, ४० पुगेसी विवाह गर्छु, अनि बच्चा जन्माउँछु – रेखा थापा

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक १९ गते १६:१३

काठमाडौँ – चर्चित नायिका रेखा थापाले हाल प्रर्दशनमा रहेको चलचित्र मालिका सामाजिक रूपान्तरणका लागि भएको बताएकी छन्। नेपाली समाजमा भैरहेको आन्दोलनको बिषय बस्तुलाई चलचित्रले प्रतिनिधित्व गरेको उनले बताइन् । राप्रपा (प्रजातान्त्रिक)की सह महामन्त्री समेत रहेकी थापाले आफू यो देशको पहिलो महिला प्रधानमन्त्री बन्ने महत्वकांक्षी घोषणा गरेकी छिन् ।

हिमालय टेलिभिजनमा प्रसारित कार्यक्रम धमलाको हमला मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । “म यो देशको पहिलो प्रधानमन्त्री बन्छु, उनले भनिन्,अनि राष्ट्रपति बन्छु।आज राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीको रुपमा ऋषिजीसँग कुरा गर्दैछु । अबको दश वर्षपछि म यो टेबुलमा प्रधानमन्त्रीको रुपमा आउँछु ।”

विवाह किन नगर्ने ? भन्ने धमलाको प्रश्नमा उनले आफू अहिले भर्खरै ३५ वर्ष पुगेकोले विवाह गर्न अझै पाँच वर्ष हतार नगर्ने स्पष्ट पारेकी छिन् ।उनले भनिन्,”बुढी भएकोजस्तो लाग्छ । अब ४० वर्ष पुगेपछि विवाह गर्छु । मैले विवाह गर्ने केटा चाहीँ तपाईले खोजिदिनुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *