२०८१ वैशाख ११ गते | 23rd of April 2024

कांग्रेस नेतृत्व प्रभावकारी प्रतिपक्षको भूमिकामा देखिएन – प्रदीप पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २१ गते ४:४८

भक्तपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको नेतृत्वपङक्तिले प्रभावकारी भूमिका खेल्न नसक्दा देशभरका कार्यकर्तामा निराशा छाएको बताएका छन् । वीपी विचार मञ्चले भक्तपुरमा गरेको कार्यक्रममा नेता पौडेलले पार्टी नेतृत्वको कार्यशैली प्रति कडा आपत्ति जनाएका हुन् । वर्तमान सरकार यति निकम्मा भइसक्दा पनि पार्टी नेतृत्वले खुलेर विरोध गर्न नसकेकोमा पौडेलले तीव्र असन्तुष्टि जनाए । “अब त आम जनताले प्रतिपक्ष नै सत्तापक्षसँग मिलेको त होइन भनेर शंका गर्न थालिसके” पौडेलले भने । निर्मला पन्त हत्या प्रकरण, वाइडबडी खरिदमा भएको चरम अनियमितता, एक पक्षीय ढंगले बुढी गण्डकी परियोजना निर्माणको जिम्मा चिनिँया कम्पनीलाई दिने जस्ता सरकारी लाचारी प्रति पार्टी नेतृत्व मौन जस्तै देखिएको पौडेलेको टिप्पणी थियो ।

यसैबीच नेता पौडेलले बेतर्कको भाषणबाजी गरी आफ्नो राजनीतिक कद नघटाउन सत्तारुढ दलका नेताहरुलाई सुझाव दिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालले भैरहवा विमानस्थल निर्माणको प्रसंगमा समयमै काम सक्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने भनि दिएको प्रतिक्रियामा कनै तूक नभएको पौडेलको टिप्पणी थियो । “ समयमै काम सक्नु भनेको त नियमित प्रक्रिया मात्र हो, त्यसलै समयमा काम सक्नेलाई पुरस्कृत गर्नुको कुनै अर्थ छैन, बरु काम गर्न नसक्नेलाई कार्वाहीको दायरामा ल्याउनै पर्छ” पौडेलले भने । लुम्बिनी सांस्कृतिक नगरपालिकाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले काम चोर ठेकेदारहरुलाई सरकारले नै संरक्षण दिएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *