२०८१ वैशाख ७ गते | 19th of April 2024

न्यूयोर्कमा पत्रकार लोकमणि राईमाथी हातपात

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २३ गते १३:३६

न्यूयोर्क – नम्बर १ को मुख्यमन्त्रि शेरधन राईको अमेरिका भ्रमणको समाचार लेखेको विषयमा पत्रकार लोकमणि राईमाथि हातपात भएको छ । न्युयोर्कको उडसाइडस्थित सेभेन्टी थर्डस्थित बर्मिज हलमा तिहार मनाएर र्फकने क्रममा आफुमाथि एक्कासी हातपात भएको राईले अस्पतालबाट एभरेष्टटाइम्सलाई जानकारी दिएको छ । पत्रकार राईले प्रदेश नम्बर १ को मुख्यमन्त्रि राई न्युयोर्क आएको बारेमा विआरटि नेपाल अनलाइनमा समाचार लेखेका थिए ।

‘ अमेरिका जस्तो देशमा आएर पनि समाचार लेखेकै भरमा ममाथि आक्रमण हुदा धेरै दुख लाग्यो’ पत्रकार राईले अस्पतालबाट फोनमा बताए । उनले आफु माथि भएको आक्रमणको बारेमा छानवीन गरि दोषि माथि कानुनी कार्वाही गर्न सम्बन्धीत निकायलाई अनुरोध गरेका छन । पत्रकार राई नेपालमा हुदा कान्तिपुर दैनिकको पत्रकार थिए । उनी नेपाल अमेरिका पत्रकार संघ नेजाको सदस्य समेत हुन । अमेरिकामा जो कसैलाई पनि हातपात गरेको खण्डमा कानुनी रुपमा सजायको भागीदार हुने प्रावधान छ । अमेरिकामा पत्रकारमाथि भएको यो घटना पहिलो हो जुन निन्दनिय छ ।

स्रोत : एभरेष्ट टाईम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *