२०८१ वैशाख ७ गते | 19th of April 2024

नेजाद्दारा पत्रकार राईमाथीको आक्रमणको निन्दा

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २३ गते १६:३३

न्यूयोर्क – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा पत्रकार लोकमणि राईमाथि कुटपिट भएको छ । अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार लोकमणि राईमाथि त्यहाँको समयअनुसार गएराति कुटपिट भएको हो । पत्रकार राईमाथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगै अमेरिकाका पुगेका उनका निकट सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले कुटपिट गरेका हुन् ।

एम्बुलेन्सले स्थानीय अस्पतालमा लगेर भर्ना गरेर ६ घण्टा अस्पताल बसेपछि डिस्चार्ज भएको छु । पत्रकार राईमाथि कुटपिट भएपछि घटनास्थलमा तत्कालै प्रहरी पुगेको थियो । प्रहरीले अस्पतालमा पत्रकार राईसँग भेटेर प्रहरीले दोषीलाई कारबाही गर्ने बताएका छन् । ‘विश्वमै सबैभन्दा राम्रो अभिव्यक्ति स्वतन्त्रता भएको देशमा ममाथि समाचार लेखकै आधारमा कुटपिट भएको छ, अब कानुनी लडाइँमा जाने तयारीमा छु’ – पत्रकार राईले बाटएका छन् । आफूमाथि भएको कुटपिटको घटना सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि मिल्नुपर्ने दबाब आउन थालेको जानकारी उनले दिएका छन् ।

नेजाद्दारा घटनाको निन्दा :

नेपाल अमेरिका पत्रकार संघ नेजाले पत्रकार राई माथीको आक्रमणको घोर निन्दा गरेको छ । पत्रकार राईमाथी आक्रमण गर्नेलाई कानुनी कारवाही गर्न पनि नेजाले माग गरेको छ । नेजाका महासचिव किरण मरहट्ठाद्दारा हस्ताक्षरित बक्तब्य : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *