२०८१ वैशाख १२ गते | 24th of April 2024

विश्वकप फुटबलको लागि सुख्खा मरुभुमीलाई हरियाली बनाउदै छ कतार

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २५ गते ५:४६

दोहा – सडक बाटोमा जीपीएस नेभिगेसन प्रणालीले काम नगर्नसक्ला। यो शहर घुम्दा स्क्रीनमा देखिने हरियो सडक रेखा आपसमा अमिल्दोसँग गाभिदा झुक्याउन पनि सक्छ। अनि रोबोर्टले दिने निर्देशनले त झनै झुक्याउन सक्छ। मरुभूमिको देश कतारलाई आगामी विश्वकपका लागि हराभरा बनाइदैछ। आधुनिक प्रविधिको प्रयोग गरिएपनि ढंग पुर्याइएको छैन। सन् २०२२ को विश्वकप फुटबल आयोजनाको तयारीमा जुटिरहेको कतारले मरुभूमिमा पनि हरियाली फलाउँदैछ र आधुनिक प्रविधि उपयोगिताको संयोजन गरि विश्वको ध्यान आकृष्ट गर्न अहोरात्र खटिरहेको छ।

खनिज इन्धनमा धनी यो राष्ट्रले गएको २ दशकदेखि समृद्धि यात्रालाई तीव्र पारेको छ । चार वर्षपछि हुने फु्टबल महाकुम्भमा समृद्धियात्राको स्वाद विश्व जगतलाई पस्कन उसले कम्मर कसेको छ । घना शहर, त्यहाँ भित्रका गगनचुम्बी भवन र शहरी व्यवस्थापनले मानव र मेसिनको उत्कृष्ट संयोजनका प्रमाणहरू पेस गरिरहेको छ। अबको चार वर्ष वास्तवमा कतारले विश्व समुदायको ध्यान खिचिरहने छ । करिब २६ लाख जनसंख्या रहेको कतारले सन् २०२२ मा १५लाख अन्तर्राष्ट्रिय आगन्तुकलाई आतिथ्य दिने लक्षका साथ अघि बढिरहेको छ।

रुसले आयोजना गरेको विश्वकप आइतवार समापनसँगै अव इस्लाम मुलुक कतारले थुप्रै प्रश्नको सामना गर्नुपर्नेेछ। कतार अझै कति रूपान्तरण होला? विश्वकप फुटबलका दर्शकले चाहेको वातावरण सृजना गर्न कतारी समाजले आवश्यक लचकता अपनाउन सक्ला? विश्वकप आयोजनाको जिम्मेवारी पाउने समयमा विश्व समुदायले शंका गरेका मानव अधिकारका सवाललाई कसरी सन्तुष्ट गराउला? भन्ने प्रश्न कतार सामु छन्।

पूर्वाधार विकासमा कतारले जवाफ दिएकै छ। सडक सञ्जाल विस्तार, सार्वजनिक यातायात, सपिङ मल, रंगशाला निर्माण र विस्तारका लागि कतारले विश्वभरबाट हजारौं श्रमिकलाई आवद्ध गरिरहेको छ। घाँस र ठूला ठूला रुख मरुभूमिमा लहलहाउन थालेका छन् । ‘परिवर्तन हरेक दिन भइरहेको छ,’ खलिफा रंगशालाका व्यवस्थापक महमद अहमेद भन्छन्, ‘वास्तवमा देशनै बृहत लक्षका लागि केन्द्रित भएको छ।’

मरुभूमिका हरिया चौर उष्ण गर्मीबीच तीब्र गतिको सुख्खा हावाको अवस्था हेर्दा लाग्छ माथिबाट छरिएको पानीका थोपा मरुभूमिको जमिनमा नपुग्दै सुक्लान जस्तो । ‘दुई वर्ष पहिले यो मरूभूमि थियो,’ रुख र घाँसले हरियालीयुक्त क्षेत्र देखाउदै यासेर यर मूल्लाहले भन्छन्, ‘विश्वकपको रंगशाला सिगार्ने बोट विरुवा यहाँ तयार गरिदैछ।’ मूल्लाह अहिले विश्वकप तयारी अन्तरगत रुख विरुवा व्यवस्थापन समूहको नेतृत्व गरिरहेका छन् । कतार सजाउन यो समूहले देश विदेशबाट विभिन्न प्रजातिका करिब १० हजार विरुवा आयात गरेको छ। उनको नेतृत्वमा रहेको टोलीले नर्सरी तयार गरिरहेको छ ।

यहाँ उत्पादित विरुवा मरुभूमिका सडक किनारमा सजाइनेछ। गलैँचा विच्छाए जसरी घाँसका विरुवा रोपिएका छन् । अर्को एक समूहले फुटबल चौरमा विच्छाउने १२ प्रजातिका घाँसहरू परीक्षण गरिरहेको छ । कतारको तापक्रम पनि चासोको विषय छ । कतारले विश्व फुटबल महासंघ समक्ष रंगशालाको तापक्रम ७२ डिग्री फरेनहाइटमा राख्ने प्रतिवद्धता गरेको छ। यस अनुरूप उसले न्यूनतम ६४ डिग्री फरेनहाइट सम्ममा राख्न सक्ने क्षमता विकास गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *