२०८१ वैशाख ८ गते | 20th of April 2024

हांगाबाट कांडा होईन, फुल झर्छ

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २५ गते १५:५९

– लक्ष्मण सिटाैला

तिमी एक्लो हुनुलाइ अभिशाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु हो। तिमी एक्लो हुनुलाई एकलाश भन्छ्यौ तर म भन्छु एक्लो हुनु ईश्वर नजिक पुग्नु हो। तिमी एक्लो हुनुलाइ पुर्व जन्मको पाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु तपस्वी हुनु हो।

एक्लो हुनु नदी जस्तै सफा हुनु हो ।एक्लो हुनु हिमालझै स्निग्ध हुनु हो । एक्लो हुनु आफैमा पारलौकिक परमानुभुती प्राप्त गर्नु हो। एक्लो हुनु सुनकोशी हुनु हो ।एक्लो हुनु आकाश हुनु हो । एक्लो हुनु फूल हुनु हो। एक्लो हुनु एक उज्यालो हिमाल हुनु हो । एक्लो हुनु ऋषि हुनु हो। एक्लो हुनु इन्द्रेणी हुनु हो । एक्लो हुनु आकाशमार्गको पन्छी हुनु हो ।

एक्लै हुनु आफू हुनु हो। एक्लो हुनुत मनको आनंदमा मिसिनु हो । आनंद एक्लो हुनुमा फक्रीन्छ । एक्लो हुनुत किरण हुनु हो। जुन एक्लैत थियो नि । घाम पनित एक्लै थियो नि । ती एक्लोमा बिबिध छन । ती एक्लोमा बिश्वास नजिकै छन।ती एक्लोमा स्वाभिमानी छन। एक्लैत डुब्छ घाम क्षितिजमा तर उस्ले सबको खुशी फर्काउने बाचा लिएर डुब्छ । र आजसम्म
उ त्यही सतमार्गमा बिना शर्त हिडिरहेछ। हिडिरहनु उस्को कर्तव्य , खै मैले कहिले देखिन घामलेआजसम्म बाटो बिराएको । थाहा भएन उस्ले कसैमाथि बिबेध गरेको। थाहा छैन उस्ले मेरो तेरो भनेको। थाहा छैन उस्ले कसैलाई चिसो र कसैलाई तातो दिएको किनकि उ एक्लो छ। एक्लो हुनु नीर्मल हुनु हो। एक्लो हुनु बिबेकी बन्नु हो। हरेक शब्द अक्षर एक्ला छन। हरेक आवाज एक्लै ध्वनित हुन्छन। जंगली रुख पनित एक्लै छ। खै कहिले बिर्स्योर उस्ले एकान्तमा हावा सग मिलेर गीत गाउनलाई । जङ्गलका चराहरु पनि एक्लै छन खै कहिले बिर्सेर तिन्ले बसन्तमा गीत गाउन।

तिमी एक्लो हुनुलाई कोहि नभएको साहाराहीन भन्छ्यौ तर म भन्छु एक्लो हुनु जीवनको लय सग , जीवनको सुर सग , जीवनको सङीत सग मिल्नु हो। जीवनत एक्लोमा कति मीठो छ। कसैले छोइदिएर बिटुल्याइदिएको फूलत भैमा खस्न सक्छ नि कुनैदिन । एकै सुर एकै स्वर एकै ताल आहा ! यस्को मेलोडि । आहा ! यस्को कम्पन । आहा यस्को मुर्छना। बैशाखमा कतै पर गाइरहेकी कोइली पनि एक्लैत छे नि तर पर पर सम्म उ आफ्नो मृदुलीत झन्कार फैलाइरहेछे।

सन्सार हेर्ने हाम्रा दुई आँखा पनि एक्ला एक्लैत छन । के ती दुइको कहिले भेट भएको देखेकी छ्यौर? एक्लैत छ आँखा तर एक्लोमा उस्ले सदा नयाँ नयाँ सन्सार देखायो। दुई किन हुनुपर्ने ? म जन्मिएको एक्लै हो। तिमी जन्मिएको एक्लै हो अनि आमा , जस्ले हामीलाई जन्माइन तिनी पनित एक्ली थिइन। एक्लै थिइन तिनी जतिबेला तिन्लाइ सुत्केरी ब्यथा लागेको थियो। तिमी गर्भ भित्र एक्लै थियौ नि। न तिम्रो दाइ थिए साथमा न तिम्रो बहिनी थिइन साथमा । गर्भको खोल भित्रत तिमी एक्लै थियौ । श्वास लिदा पनि एक्लै र स्वास छोडेर जादा पनि एक्लोत होनि मनुष्य । यो चेतनाको चैतन्य चोलामा खोइ कस्ले पायोर साथ कालन्तर सम्म ।

भिडत मलाई यति घातक लाग्छ कि भिडमा मान्छे पशु जस्तै अवचेतनमा हुन्छ । भिडभित्र लाज छोपिदैन। यो सन्सारको आविष्कार र प्रगति कुनै भिडले बनाएको होइन। यो प्रगति एकान्तले बनाएको हो। यो वैभवता एकान्तले जन्माएको हो। एक्लोले बनाएको हो यो दुनियाँ । किनभने एक्लोमा चिन्तनले चीर नविनता पाएको हुन्छ।आइस्टाइन एक्लैत थिएनी । भारतकी रत्न लतामङिस्कर एक्लीत छिन । तिब्बत स्वतन्त्रताका गीतकार दलाइ लामा एक्लोत छन। बुद्ध एक्लैलेत ल्याए शान्तिको धारा यो बिश्वबिभुमा र आज पर्यन्त त्यही शान्तिगीत गुन्जिरहेछ पृथ्वीको आधा पाटाेमा।

जतिबेला अलेक्जेन्डर ग्राहमवेलले टेलीफोनको ध्वनि सिर्जना गरे एक्लै थिए त्यतिबेला । पछि यो खुशी उन्ले आफ्ना पिताजीलाई सुनाए। सन्सारलाइ हसाउने चार्ली च्यापलिन सग अर्को को गासिएको थियोर! एक्लैले हसाए यो दुनियाँलाई। म हेर्छु कहिलेकाही आकाशमा अनि देख्छु चन्द्रमा एक्लो । खुशी लाग्छ यो एक्लैले यत्रो सन्सारलाइ मीठो शान्ती र सितलता बाडिरहेछ।

तिमी एक्लो हुनुलाइ निरासताको संकेत भन्छ्यौ तर म भन्छु एक्लो हुनु स्वयम जलेर अरुलाइ उज्यालो देखाउने दीयो हुनु हो

दीयो सग अरु को जल्योर खै आजसम्म ? । फूल सग कहिले!झर्यो र काडा खै ? एक्लै झर्छ फूल गलेपछी भैमा । कोहि हुन्न फूलको मलामी । कसैले दिदैनन उस्लाइ अन्तिम सलामि ।

खै कस्लाइ जलायोर उस्ले उज्यालो देखाउन? । मियो एक्लै उभिएको छ खेतमा दश गोरुको बिचमा तर ! हेरत ती गोरुहरु त्यही मियो वरिपरि घुमेका छन र धानका गेडाहरु झारिरहेछन। सुर्य पनित एक्लै छ । तर हेर लाखौं ग्रह त्यस्कै वरिपरि घुमिरहेछन। विशाल बन्ने बृक्षको बीउ एक्लो उम्रनु पर्छ पृथ्वीमा। लहलहाउने फूलका कलेवर स्वयं एक्लै छन। पातहरु पनि एक्लै छन। खै कोसग मागेर तिन्ले हरियो सापटि ?

सापट त भिडले माग्छ। उधारोत भिडले खान्छ किनकि भिड महाभारतको युद्ध हो। खै कस्ले जित्यो त्यो युद्द? कृष्णले पनि हारे कौरवले पनि हारे , पान्डवहरुले पनि हारे , सबैले हारे । केवल समयले जित्यो । भनिन्छ त्यो युद्धमा सत्यले जित्यो तर खै कहाँ छ र सत्य ? कस्ले देख्यो सत्य । सत्य पनि एक्लो छ ।

एक्लोहरुलाइ देखिदैन तर दिग्बिजय एक्लोले गर्छ।सत्य सापेक्ष हुन्छ र आफुले खोजेको सत्य जहाँ पनि पाइन्छ।सत्यको स्वतन्त्र सत्ता हुदैन। मानिसले सत्य आफै निर्माण गर्छन। सत्यत सत्य हो तर जब सत्य लाई सबैले आ आफ्नो निहित स्वार्थ सग जोडे अनि सत्य पनि रुन्छ मानिसको आँसु सग पग्लिदिन्छ।

सत्य पनि स्वयम् एक्लो छ। हिजोदेखि आज सम्म सत्यले भिड रोजेन। भिडमा असत् असत्य हुन्छ। हिजो भिडलेनै हो भक्तपुरका कर्णप्रसाद हेजुलाइ छाताले घोची घोची मारेको।

मानिस भिडमा पशु बन्छ। भिडमा एउटा नाङियो भने सबैलाई नाङिन कुनै डर हुँदैन । तिमी एक्लो हुनुलाई बथान बाट छोडिएको चरी भन्छ्यौ तर म त्यसैलाई बुल बुल भन्छु । भिड दुखेको देखेको छु मैले तर एकान्त कहिले दुखेको देखिन। एक्लो उभिएको पहाड लाई हेर्छु कति शान्त बाचिरहेछ त्यो। भिड नाच्छ पहाडको छातीमा तर पहाडले कहिले दुख्यो भनेन।

म एक्लै छु । मलाई छोएर भाग्ने त्यो हावा एक्लै छ। भिरमा फुलेको गुराँस एक्लै छ । यतिबेला रातको एघार बज्यो । बाहिर रात पनि एक्लै छ । मेरो हातमा थुनिएको कलम एक्लै छ। श्वास प्रस्वाश एक्लै गरिरहेछ भित्र बाहिर । म जिवित छु। ज्युदो हुनेहरू एक्लैले संघर्ष गर्छन। भिडत लास लाई मात्रै चाहिन्छ। हिजो धरहरा एक्लै बाचेको थियो र एक्लै ढल्यो। उ ढल्दा उ सग ढले कयौ एक्लाहरु । म पनि हिजो ढलेको धरहरा जस्तै हु एक्लो सत्य ।

इतिहासमा सत्यहरु पुरिए पनि कालान्तरमा ती पिपलु जस्तै फेरि फेरि उमृन्छन। तिमी एक्लो हुनुलाई नदीले छोडेर गएको बगर भन्छ्यौ तर म एक्लो हुनुलाई कालीगण्डकीले कुदेको सालिग्राम भन्छु। म छु ।एक्लो छु । म सित सिर्फ मै छु अनि मैले गाउने गीत छ र त्यस्लाइ मैले कहिले एक्लो हुन दिएको छैन। गीतहरू जुनदिन एक्ला हुन्छन ती नारायणगोपालका ओठहरु बाट जुनकीरी भएर गुन्जिनेछन मुटुका लयहरु बाट ।

[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *