२०८१ वैशाख १३ गते | 25th of April 2024

इफाप्काको ४४ औं सम्मेलनमा भाग लिन महासंघ टोली मलेसियामा

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २६ गते २०:०९

काठमान्डौं – मलेसियामा हुने एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था (इफाप्का) को ४४ औं सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ । मलेसियाको राजधानी क्वालालामपुरमा हुने सम्मेलनमा महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । सम्मेलनमा सहभागी हुन जाने प्रतिनिधिमण्डललाई अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पा, कोषाध्यक्ष हिरण श्रेष्ठ सहित महासंघ सचिवालयको टोलीले बिदाइ ग¥यो ।

सम्मेलनमा निर्माण क्षेत्रमा देखा परेका चुनौति र समाधानका बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । इफाप्का सदस्यहरुबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि सम्मेलनका क्रममा छलफल हुने बताइएको छ । सोमबारबाट सुरु हुने सम्मेलन चार दिन सम्म चल्नेछ । नेपाली प्रतिनिधिमण्डलले मलेसिया सहित सिंगापुर र इण्डोनेशियाको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धीको स्थलगत अध्ययन अवलकोन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *