२०८१ वैशाख ६ गते | 18th of April 2024

जनसंपर्क समिति अमेरिकाद्दारा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २६ गते २०:२१

न्यूयोर्क – नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसंपर्क समिति अमेरिकाले आइतबार न्यूयोर्कमा चियापान तथा शुभकामना आदन–प्रदान कार्यक्रम संपन्न गरेको छ ।Image may contain: 6 people, including Sanjay Thapa and Anand Bist, people smiling, people standing

नेपालीको महानपर्वहरु दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान गर्न चियापान कार्यक्रमा आयोजना गरिएको समितिका सभापति तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टले बताए । “आपसी सद्भाव, प्रेम र भाइचार अभिवृद्धिका लागी मातृपार्टीले शुरु गरेको यो परम्परालाइ प्रवासमा पनि निरन्तरता दिएका हौँ” विष्टले भने । Image may contain: 9 people, including Anand Bist, people smiling, people standingउनले मातृभूमीको सेवामा यथासक्य योगदान दिदै कर्मभूमीमा पनि नेपाली पहिचान विस्तार गनुपर्ने अवश्यकता औँल्याउदै भने, “नेपालमा लोकतन्त्रको संस्थागत विकासमा अवश्यकता अनुसार योगदान दिन तयार छौँ तर अमेरिकी मुलधारको अर्थराजनीतिक जिबनमा पहुँच बढाउन पनि अब ढिला गर्नुहुन्न ।”

कार्यक्रममा कोरियाका लागी नेपाली राजदुत अर्जुनजंगबहादुर सिंह, न्यूयोर्कस्थित महावाणिज्यदूत पुष्प भट्टराइ, कांग्रेस नेताहरु हरिबोल भट्टराइ, खड्गप्रसाद प्रसाई, एनआरएनए अमेरिकाका पुर्वअध्यक्ष खगेन्द्र जीसी, मृदुला कोइराला, प्रवासी मंचका नेताहरु संजय थापा, टेक गुरुगं, एनआरएनए अमेरिकका महासचिव बिआर लामा, एनआरएनए न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारि लगायत विभिन्न संस्थाका प्रतीनिधिहरु र अमेरिकाको बिभिन्न राज्यबाट आएका कांग्रेस कार्यकर्ताहरुको उपस्थिति थियो ।

आगन्तुकहरुलाइ सभापति विष्ट र महासचिव मुनिन्द्र नेम्वांगले स्वगत गरेका थिए । नेपाली जनसंपर्क समिति अमेरिका यहाँका नेपालीहरुको सबैभन्दा ठुलो संस्थाहो जसको १९ हजार सदस्य छन् । Image may contain: 10 people, including Shailesh Shrestha and JanaSamparka Samiti, people smilingसमितिले नेपालको लोकतन्त्र र समृद्धिको पक्षमा प्रवासबाट आवाज बुलन्द पार्र्दै आएको छ । बिशेषगरि तत्कालिन राजा ज्ञानेन्द्रको माघ १९ को शाही कदमको विरोध र प्रजातन्त्र पुर्नवाहलीको पक्षमा समितिले गरेको गतिबिधिहरुले अन्तराष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्न सफल भएको थियो ।Image may contain: 12 people, including Bijay Sharma, JanaSamparka Samiti and Mridula Koirala, people smiling, people sittingImage may contain: 9 people, including Khagendra Gc and Mridula Koirala, people sitting

Leave a Reply

Your email address will not be published. Required fields are marked *