२०८१ वैशाख १४ गते | 26th of April 2024

अस्ट्रेलिया जान किनमेल गरि नारायणगढबाट फर्केका सुदिप बेपत्ता

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २८ गते १६:४५

चितवन – भरतपुरबाट एक युवा बेपत्ता भएका छन् । कालिका नगरपालिका ६ बाग्लुङ्गे टोल निवासी २४ बर्षिय सुदिप सापकोटा हिजो (सोमवार) साँझ ५ः१५ बाट बेपत्ता भएका हुन् ।अष्ट्रेलिया जाने तयारीमा रहेका सापकोटा सोमवार नारायणगढबाट किनमेल गरेर घर फर्कदै गर्दा भरतपुरबाट बेपत्ता भएको बुबा गंगा सापकोटाले जानकारी दिए । “बजारमा किनमेल सकेपछि मैलेनै पुल्चोकबाट क्याम्पस गेट सम्मको म्याजिक चढाएर पठाएको हो,उनले भने’,म पुल्चोक बाट गौरिगन्जतर्फ लागे,बेलुका घर फर्कदाँ छोरो पुगेको रहेनछ ।” उनले ५ बजेर १८ मिनेट पछि छोराको मोवाइल अफ भएको बताए ।

लत्ताकपडा किनमेल गर्न नारायणगढ बजार गएर घर फर्किने बेला भरतपुर बिरेन्द्रक्यामपस वाट भोजाढ हुदै खोलेसिमल जाने क्रममा ठूलो सुटकेश र ब्याग सहित बर्ष २४ का सुदिप हाल सम्म सम्पर्कमा नआउदा घरमा रुवावासी चलेको छ।आज काठमाण्डौ जाने तयारी गरेको र ४ गते अष्ट्रेलियाको प्लाइट रहेको उनले बताए । सुदिपले भारतमा बसेर कम्प्युटर इन्जिनियरको पढाई सकेका थिए । वेपत्ता छोराको खोजी गरिदिन सम्पूर्णमा परिवारले आग्रह गरेको छ ।परिवारको निवेदनका आधारमा सापकोटाको खोजी कार्य तिब्र पारिएको चितवनका प्रहरी प्रमुख शुसिल सिंह राठौरले जानकारी दिए । उनले सबै नाकामा फोटो पठाएर खोजी कार्य तिब्र पार्न निर्देशन दिइएको उनले बताए ।(सम्पर्क फोन – ९८४५२३९९६३, ९८४५२१८१८२ गंगा प्रसाद सापकोटा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *