२०८१ वैशाख ६ गते | 18th of April 2024

मधेसी एसोशियसन, क्यालिफोर्नियाद्वारा लस एन्जलसमा छठ पर्व सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २९ गते १२:१५

लस एन्जलस – मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरले हिन्दु नेपालीहरूको विशेष चाड छठ पर्वको अवसरमा नेपाली धर्म, संस्कृति तथा रितिरिवाजको संरक्षण गर्ने उध्येश्यका साथ लस एन्जलसमा पहिलोपटक नोभेम्बर १३ तारिख बेलुकी ६:०० बजे सुर्यास्त समयमा छठ पुजाको शुरुवात गरि नोभेम्बर १४ तारिख बिहान ७:०० बजे सुर्योदय सगै सुर्यको पुजा गरि छठ पुजा कार्यक्रम डा.दिपेन्द्र महतो र वन्दना महतोको आफ्नै निवासमा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित सहभागिहरुको निम्ति खानपिन तथा पुजाकोप्रसाद आयोजक पक्षले निशुल्क प्रदान गरिएको थियो । उक्त पुजामा लसएन्जल्स अबस्थित लसएन्जल्स बासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरु र संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी सबैलाई छठी माताले कल्याण गरुन् र नेपालीहरुको महान पर्व छठ पुजामा उपस्थिति हुनुहुने सबैलाई मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्नियाका च्याप्टर अध्यक्ष दिनेश शाहले धन्यबाद समेत ब्यक्त गरेका थिए।

तस्विर : शंकरराज वाग्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *