२०८१ वैशाख ६ गते | 18th of April 2024

पुरुषका आंशु चाँहीं के बाग्मतीको पानी ? ‘मिटू’ बारे पुरुषले पनि बोल्नुपर्छ !

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २ गते १०:०८

– लक्ष्मण सिटौला

पचास डिग्री तातो अरबको मरुभूमिमा रोजगार गरेर कमाएको पैसाले काठमाडौंमा श्रीमतीका नाउँमा तीन आना घडेरी जोडेका थिए प्रेम खत्रीले । श्रीमती प्रती यति बिश्वास थियो कि आफ्नो ज्यानै बन्दगी राख्न परे पनि तयार थिए उनी त्यो जाबो घडेरीत के हो र ? चार बर्षको कमाइले जग्गा जोडे अब अरु तीन बर्ष खाडि मुलुक बसेर घर निर्माण गर्ने प्लान गरेर उनी पुन बिदेश गए । गाउँमा थिइन श्रीमती राम्रै थियो सुरक्षीत थिइन उनी । तर अलिक पैसा जम्मा गरेपछि सासुससुरा सग मिल्न सकिनन उनी। गाउँ छोडेर काठमाडौं आइन । जुन ठाउमा घडेरि लिइएको थियो त्यही नजिक भाडामा कोठा लिइदिएका थिए प्रेमजीले । एउटा सानी छोरी थिइन तिन्लाइ स्कुल भर्ना गरियो । धेरै महँगो स्कुलमा हाल्न सक्ने हैसियत थिएन । सरकारी स्कुलमा भर्ना गरेको कुरा शेयर गरिन श्रीमानलाइ बिदेशमा ।

सरकारी स्कुलमा पढाउदा छोरीको अग्रेजी त्यति राम्रो लागेन टयुसन पढाउने कुरा गरिन श्रीमतीले फोनमा । उताबाट प्रेमजीले अनुमती दिए । खर्च पनि पठाए । एकजना अग्रेजी शिक्षक खोजियो । र ती शिक्षक पढाउन आउन थाले । छोरीलाई अग्रेजी पढाउने शिक्षक दैनिक कोठामा आउन थालेपछि हिमचिम भो , चिया पिउने, बिस्तारै खाजा खाने, अनि पछि भोजन नै त्यही हुन थाल्यो । जवान शिक्षकको खाइलाग्दो शरीरमा लोभिइन उनी । शिक्षक पनि के कम उनी पनि लोभिए । दुवैमा माया पिरिम बस्यो। उता अरबमा काम गर्ने श्रीमानको वास्ता कम हुन थाल्यो ।
शिक्षक पनि धुर्त थिए । बिहे नै गर्छु भन्न थाले । मायाको कारण पेट बोकिन उनले । बिहे नै गर्ने भन्न थालिन उनले । आफ्नो नाउँको घढेरि समेत पास गरेर शिक्षक लाई दिइन । छोरीलाई उतै रामेछाप हजुरबुबाहजुरामा भएको ठाँउमा छोडेर पोइल गइन। यहाँ को हिम्सामा परे त ती अरबमा काम गर्न जाने दुखी प्रेम खत्री वा नेपालमा रहेकी श्रीमानको जिन्दगी र जोडेको सम्पत्ति नै स्वाहा पार्ने श्रीमती ?

महिला हिम्साको कुरा गर्दा किन हाम्रो समाज पुरुष हिंसाको कुरा गर्दैन ? महिला हिम्सा अन्त गरौ भन्ने स्लोगान सहितको कोटको खल्तिमाथी ब्याज भिरेर हिड्ने ती पुरुषहरु आफै पनि कति प्रताडित छन त महिला बाट तिन्ले कहिले पनि आवाज उठाउनु सकेका छैनन् । हरेक दिन महिला सुरक्षाको बारेमा नयाँ नयाँ कानुनको निर्माण र ब्याख्या भैरहेको हुन्छ तर पुरुष उ आफै पनि कति निरीह छ यो कुरो उस्ले मौन भएर सहिरहेको छ । महिला हिंसा बिरुद्धको ब्याच भिर्नु एउटा कुरा, महिलालाई सम्मान माया र सुरक्षा दिनु अर्को कुरा। हामी सधै महिलाको सुरक्षाको लागि चिन्तित रह्यौ र उनीहरूलाई स्वतन्त्र बाच्ने आधार निर्माणका लागि बाटो बनाइदिरह्यौ फलत पुरुष अब बिस्तारै महिला अधिनायकवादमा फस्न थालेको उदाहरण थुप्रै छन ।

जसरी भए पनि महिला सुरक्षीत हुनुपर्छ जाबो नाथे पुरुष मरोस कि बाचोस भन्ने कानुन ल्याउनु पर्छ भन्ने माग छ महिलावादी समुह र संघसंगठनका ।

पुरुषले जतिसुकै कमाउन उस्ले कमाएको सम्पत्तिमा महिला आफ्नो अधिकार स्थापित गर्छे । यस्तो सम्म देखिन्छ कि आफैले आर्जन गरेको सम्पत्ती खर्च गर्न पनि महिलाको आदेस चाहिने भएको छ पुरुषलाई ।शहरिया महिलाहरुलेत पुरुषले कमाइ दिएको दश प्रतिशत लिपिस्तिक कृम लाली सोर्ह शृङ्गार लुगाफाटो र फजुल खर्चमै सक्काइदिन्छिन । अनावश्यक कुरामा खर्च नगर्नु भन्यो भने महिला हक अधिकारका कुरा गर्छन ।

महिलाको बरबादीको पछाडी पुरुष मात्र जिम्मेवारी छनत? के महिला आफै पनि जिम्मेवारी छैनन? पुरुष पात्र चाइ महिलाको कारणले के कहिले पनि प्रताडित हुदैनन् ? सबै दोष पुरुषलाई थोपरेर महिला आफू चै सधैं चोखो र पवित्र बनिरहने परम्पराको बारेमा कहिले चासो राखेनौ हामीले ।

कानुन पुरुष लाई भन्दा पनि ,महिलाको हितमा नै बनेका छन।
कानुन ले महिलालाई अत्याधिक सुरक्षित संरक्षित र सम्बर्धित बनाएको छ। तर महिला असुरक्षित छिन भनेर झ्याली पिटिन्छ ।
पुरुष असुरक्षित भएको कुरा चै समाजले पत्याउदैन । पुरुष यातनामा परेको कुरा कसैले परिकल्पना पनि गर्न सक्तैनन् किनकि आदिमकाल देखिनै स्त्रीलाइ पुरुषले नै यो असुरक्षित छे यस्लाइ हामीले सरक्षण गर्नुपर्छ भन्दै आयो । महिला र पुरुषका लागि बनेका प्रायः सबै कानुनमा पनि स्त्री सुरक्षाका कुरा मात्रै आए पुरुष सुरक्षाका कुरा चै कहिले कतै उल्लेख भएनन् । सहअस्तित्वका कुरामा कानुन निर्माण हुनु पर्ने हो तर महिला सधैं नै असुरक्षित छे भन्ने कम्जोर चिन्तनको पराकाष्ठा हो अहिलेको परिवेश ।

तीन करोड जनसंख्या भएको देशमा बलात्कारका छिटपुट घटना लाइ अनर्गल रूपमा प्रचार्वाजी गरिन्छ र सिङ्गो समाजलाइ उत्तेजित बनाइन्छ । यसमा सिङ्गो मिडियाकर्मीको पनि हात छ । बलात्कारका न्युज खोजी खोजी हिड्ने , हिंसा र उत्तेजित तुल्याउने खबरलाइ पहिलो प्राथमिकतामा राखेर सूचना प्रवाह गर्ने पित पत्रकारिताको उपज पनि हो अहिलेको नेपाली समाज । नेपाली युवाले जहाज बनाएको सुखद खबरलाई पत्रीकाको भित्री पृष्ठमा सानो अक्षरमा लेखिन्छ तर बलात्कारको न्युज चै अगाडि हेडन्युजमा देखाइन्छ ।

यस्ले के देखाउछ भने हाम्रो समाज बलात्कारको न्युज सुन्न चाहन्छ , हाम्रा युवाहरू यौन र यौन सग सम्बन्धित खबरलाई महत्वपूर्ण स्थान दिन्छन भन्ने प्रमाणित हुन्छ , हामी असल कुरामा होइन खराब कुरामा बढी आफ्नो ध्यानाकर्षण गर्छौ भन्ने कुरा देखाउछ । स्त्रीका कुराहरूलाई स्त्रीसग सम्बन्धित परिघटनालाइ ज्यादातर रूपमा हामी प्रचारप्रसार गर्छौ जस्तो अहिले भैरहेको छ । नीर्मला पन्तको घटनाबाट पनि हामी यो कुरा बुझ्न सक्छौ । अपराध र अपराधी नभएको समाजको परिकल्पना गर्नुको साटाे हामी झन अपराध र अपराधीलाई चलचित्र जस्तै प्रचार गर्दै माइक फुक्तै बिज्ञापन गर्दै हिड्छौ झन यो अफाव झै फैलिन्छ । स्त्रीका कुरा राख्ना साथै पत्रकार ठुलो ,एन जि ओ आइ एन जि ओ र नेताहरू ठुला सम्झिने परंम्परागत सोचको बिकास भएको छ ।

हामी सधै आमाको आसुको कुरा गर्छौ तर खेतको आलिमा कोदाली बिसाएर बुबा रोएको कुरा कहिल्यै गर्दैनौ र बुबालाई कहिले सहानुभूति पनि राखेनै।मानौ बुबाको आँसु पानी हो र आमाको आँसु मोति हो। खेत खनेर नसकि भातको भाग लाग्दैन भान्सामा नआउनु भन्छिन आमाले बुबालाइ ,मानौ बुबा त्यो घरका एक हलि मात्र हुन।

पुरुषले सधै ५० डिग्रीको तापक्रममा उसिनिएर घरमा पैसा पठाइ रहेका छन र पत्नीलाइ भनिरहेका हुन्छन- भो तिमी दुख नगर म छु पैसा पठाउछु तिमी आनन्दले बस। कति नारीहरु पतिको कमाइमा रमाउदै बाचेका छन र पतिको अनुपस्थितको फाइदा लुटेर परपुरुष सग सल्किएर हजारौ घर बरबाद भएको कुरा पनि छन । महिलालाई बिचरी मात्र बानायौ हामीले किन?

नेपाली समाजले यदि महिलालाई तल मात्र राख्ने सोच राखेको भए शायद यो देशको शासन बागडाेरमा महिलाले हालिमुवाली गर्न सक्थैनथे होलान। तलका सत्य कुराहरू ले अझै पुष्ठि गर्छ कि पुरुष पनि कति प्रताडित छन महिलाहरू बाट भन्ने कुरा बुझिन्छ ।

१. ७४ सालको चैत महिनामा जब राजु घले कत्तार बाट आफ्नो घर चैनपुर आए ६ बर्ष काम गरेर पठाको पैसा गर गहना लिएर नाबालक दुई सन्तान लाई छोडेर धर्मपत्नी पोइल गइन।प्रत्येक पटक बिदेश बाट फोन गर्दा श्रीमती घरमा छु बच्चालाई बोर्डर गरेकी छु भन्दिरहिछन तर आउदा अर्कैको भैसकेकी।

२.सामाखुशीमा एक गरिब परिवार बस्थ्यो ,तर पछि घर जग्गाको कारोबार गरि धन दौलत जोडी आफ्ना बाल बच्चालाई राम्रो स्कुलमा राखेर पत्नीको सबै सोख पूरा गरिदिएका एक इमान्दार पुरुष थिए।उन्की पत्नीले एक आर्मी जवान लाई भाइटिका लगाउथिन तिहारमा। पछि तिनै टीका लगाएको भाइसग सबै सम्पती जग्गा जमिन गर गहना बोकेर भागिन। र पतिको कन्तबिजोक पारिदिइन।

३.हिजोआज शहरमा लिभ इन रिलेसन्शीप खुब मौलाएको छ।यो पश्चिमी सभ्यताको उपज हो।बिहे गर्नु पुर्व आफुखुशीले दुई जोडि सम्बन्धमा बस्नु।यस्को सिकार भएका छन भैरहवाका किरण बि सि।एक बर्ष सम्म आफ्नी केटी साथीको माग पूरा गर्दै आएका थिए तर पछि जब किरणको काम खुस्कियो अनि उनी बेकम्मा भए र आफ्नै केटी साथीले जवर्जस्ती करणिको मुद्दा हालिन र केटालाई अंश मुद्दा हालिन।मन मिलुन्जेल सहमति र मन बिग्रन थालेपछि जवर्जस्ती गर्यो केटाले भनेर आफ्नै केटी साथीले सामाजिक बेज्जती गरिदिइन ।बिचरो त्यो किरण अहिले जेलमा छन र केटी अर्कै सग बिहे गरि सकिन। यहि पिरले उनकी आमाले बिष सेवन गरेर आत्महत्या गरिन ।

४.केही बर्ष अघिको घटना हो गाउँ बाट एस एल सि दिन सदर मुकाम आएको एउटा केटो १० दिनको लागि होटेलमा बस्छ र त्यही होटेलमा केही महिला विद्यार्थी पनि बस्छन।एकै गाउका त्यो भाइलाइ म्याथ राम्रो आउथ्यो तर तिनै मध्यकि एउटाि बैनी लाई म्याथ नआउनी।उन्कै अनुरोधमा त्यो बैनी दुई साझ त्यो भाइ सग म्याथ सिक्न गइन । त्यो भाइले राम्रो सहयोग गर्यो।जाँच दुवैको राम्रो भयो।ती बैनीले त्यो भाइलाइ मन पराइछिन।बिहेको प्रपोज गरिन तर केटोले मानेन।पछि तिनै नानीले बेज्जत गरिन कि यस्ले मलाई सम्बन्ध राख्यो।मलाई यस्ले बिहे गर्नुपर्छ भनेर।गाउलेले केटीको कुरा सुनी जवरजस्त बिहे गराइ दिए।पछि केटोले आत्महत्या गर्यो।पछि थाहा भो एक्लो छोरो धनी देखेर केटीलेनै फसाएकी भनेर। र पछि ती बैनीले अपराध स्वीकार गरिन।

पुरुष मात्र खराब महिला सधैं सोझा निमुखा कोमल कलिली निरीह नारी। उन्लाइ सधैं माया सम्मान र सुरक्षा गर्नुपर्छ भनेर भन्नू एक हिसाबले ठिक थियो तर सगै पुरुष माथी बज्रेको प्रातडनाको कुरा पनि आउनु पर्थ्यो समाजमा। सधैं महिला हिंसा कुराले पुरुष माथी परेको कयौ ब्यथा नलेखिने कथा बनेका छन समाजमा ।

पुरुष बिना महिला अधुरो अपुरो र महिला बिनाको पुरुष अपुरो फेरि किन महिलाको शत्रु पुरुष र पुरुषको शत्रु महिला? सधैं आमा रोएको कुरा गर्नेले ,कमाएर पालन पोषण गर्ने बुबाको आशुको पनि कुरा गरून्।अनि पो समानता आउला समाजमा। अनि पो महिला हिंसा पनि कमि आउला। यी माथिका चार उदाहरण सत्य घटनाका उपज हुन। पुरुषको पनि झर्ने आँसु हुन पानी होइन।सत पथमा हिड्ने महिला र सतपथ अप्नाउने पुरुषको लागि यो लेख तयार पारेको होइन।

अहिले जताततै मिटुको चर्चा छ । महिला यौन हिंसाका बारेमा पीडित महिलाहरुले बोल्ने साहस गरिरहेका छन । पुरुष मित्रका बारेमा बिरोधका स्वरहरु उछाडिरहेका छन महिला मित्रहरूले ।
आफू माथी घटेको घटना पुरानो हो तर अहिले त्यस्लाइ उजागर गरेर एउटाि साहसी महिलाको परिचय स्थापित गर्न लागेका छन ती नारीहरु । ईन्डियाका महान हस्तीहरु पनि यो विवादमा मुछिएका छन ।जतिबेला त्यो घटना घटित भयो त्यो बेला उनी चुपचापले बसिन । यो बिचमा तिनै पुरुष मित्र सग कतिपय कामहरू सहकार्यमा सप्पन्न भए । त्यो हिंसा थियो कि दुवै मिलिजुली गरिएको थियो । तर अहिले महिला अतीतको गर्तमा लुकेर बसेको आफु र आफ्नो केटा साथी मिलेर गरेको यौवनको मधु माधुर्य पललाइ दुत्कार्दै पो छिन कि ? बुझ्न गार्हो भएको छ ।
त्यो बेला त्यही क्रीया सकारात्म्क अहिले चै नकारात्मक भयो ।

अरुको देखासिखी र लैलैमा लागेर नाउँ कमाउने र मिडियामा छाउने लोभले पनि कतिपय महिलाहरु मिटुमा लागेका छन। तर यस्को परिणाम अन्तत दुवैलाई नै घातक सिद्ध हुने निश्चित छ ।
हो हो र लैलैमा लागेर आफ्नो चरित्रको साबिती बयान दिनु भन्दा पनि अबका दिनहरूमा चै कसरी महिला सुरक्षीत हुन सक्छे यो कुराको चै बहस हुनु जरुरी छ । अहिले हरेक पुरुष महिला देखि डराउन पर्ने स्थिति सिर्जना भएको छ । पुरुष र स्त्रीसगको मित्रवत ब्यवहार र प्रेमको इन्द्रेणी नै धमिलो हुँदै जान थालेको छ । अब यदि यहि रूपमा यो चर्चा चुलिदै जाने हो भने मानिसहरूको सामाजिक जीवनमा नै असर पर्न जानेछ । स्त्री र पुरुष बिचको माया र बिश्वास सन्कटापन्न अवस्थामा पुग्ने छ र समाज झनै असुरक्षित हुनेछ । माया लोप हुने छ । कृतिम यौन अङ्गहरुको बिकास हुनेछ । स्त्री र पुरुष दुवैको जिन्दगी कृतिमता तिर धकेलिने छ । हो पिडा लुकाउन हुन्न बोल्नुपर्छ । यस्को मतलब यो होइनकी प्रेम गर्ने यौन साटासाट गर्ने अनि ब्रेकअप भएसि मिटुमा जाने ? के यो न्यायोचित भयोत ?

एक उज्यालो आखाले सत्य निहाल्ने सामर्थ्य सबैमा आओस अनि मात्र यो सन्सार स्वर्ग बन्नेछ ।
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *