२०८१ वैशाख १३ गते | 25th of April 2024

सन्तान गुंमाउंदा आमाको पिडा, प्रकाशको प्रथम स्‍मृति दिन

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर ३ गते ११:३३

काठमान्डौं – सन्तान बियोगको पीडा आमा र बुबाका लागि समान हुन्छ । तर, आमाको माया जस्तै आँशु पनि सहश्रधारा झर्ने रहेछ । एक वर्षअघि हृदयघातका कारण एकमात्र छोरा गुमाएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल पुत्र वियोगबाट अझै तङ्रिन सकेकी छैनन् भन्ने सोमवार प्रष्टै देखियो ।

३ वर्षअघि जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो । पुत्री वियोग र आफ्नै शरीरले खेपिरहेको रोगबाट कमजोर बन्दै गएकी सीता पुत्र वियोगपछि सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । सोमबार प्रकाश दाहालको प्रथम स्मृतिको सन्दर्भमा प्रचण्ड निवास खुमलटारमा आयोजित श्रद्धान्जली कार्यक्रममा पनि सीतालाई सम्हालिन दुई छोरी रेणु र गंगाले मात्र सकेनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *