२०८१ वैशाख ८ गते | 20th of April 2024

मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्डको टप फाइभमा

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर ३ गते १९:२७

काठमाडौं – मिस नेपाल श्रृंखला खतिवडा चीनमा भईरहेको मिस वल्र्ड – २०१८ को टप फाइभमा परेकी छिन् । एउटा युट्युव च्यानलले तयार पारेको मिस वल्र्ड २०१८ का प्रबल दाबेदार सुन्दरीहरुको सूचीमा नेपालकी श्रृंखला खतिवडा चौथो नम्बरमा परेकी हुन् । उनले भारत, चीन, फिलिपिन्स लगायतका सुन्दरीहरुलाई समेत पछि पारेकी छिन् ।मिस नेपाल श्रृंखला खतिवडा यस सिजनको सबैभन्दा प्रबल दाबेदार प्रतियोगीका रुपमा रहेको च्यानलको दाबी छ । श्रृंखलाको अनुपम सौन्दर्य, उनको सामाजिक व्यवहार र विद्धताले उनलाई बलियो प्रतिस्पर्धी बनाएको उक्त रिपोर्टमा उल्लेख छ । साथै ‘ब्यूटी वीथ पर्पोज’मा श्रृंखला खतिवडाले देखाएको पर्फर्मेन्स सबैभन्दा उत्कृष्ट रहेको च्यानलले जनाएको छ ।

श्रृंखलाले ब्यूटी वीथ पर्पोजमा मकवानपुरको विकट क्षेत्रका चेपाङ वस्तीमा आफ्नो पहलमा स्वास्थ्य केन्द्र स्थापना गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *