२०८१ वैशाख १३ गते | 25th of April 2024

विश्व भ्रमणमा रहेका योगीहरू पशुपतिनाथ तथा बुद्ध मन्दिरमा

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १४ गते १७:१८

लस एन्जलस – विश्व प्रसिद्ध परमाहंस नित्यानद स्वामीज्यूका चेलाहरू लस एन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आउने भएका छन् । विश्व भ्रमणमा निस्केको उक्त टोलीको लसएन्जलसको नेपालीहरूको मन्दिरमा पनि आउने भएका हुन् । नेपालीहरूको लामो समय सम्मको अथक प्रयास पछि निर्मित यो मन्दिरको स्थापनामा खुशी व्यक्त गर्दै भगवान शिवजीको दर्शनार्थ पनि त्यहां पुग्ने चाहना देखाएका हुन् ।Image may contain: 4 people, people smiling, text

उक्त भ्रमण टोलीमा महायोगिनी, महायोगी तथा बालयोगी तथा बालयोगिनीहरु गरी ५ जना को उपस्थिति रहने छ । सो अवसरमा आफ्ना दुवै आँखामा पट्टी बाँधेर पनि अरूसँग भएको कुराहरू तेस्रो आँखाले देख्न सक्ने र पढ्न सक्ने क्षमताको प्रदर्शन गर्ने भएका छन् । हरेक व्यक्तिमा निहित उक्त तेस्रो आँखाको शक्तिलाई आध्यात्मिक चिन्तन र साधनाद्वारा सक्रिय पार्न सकिने कुरामा स्पष्ट परिने भएको छ । पहिलोचोटि यस्ता अन्तर्राष्ट्रिय स्तरका योगीहरूको आगमनले आफू हर्षित बनेको कुरा संस्थाका नव निर्वाचित अध्यक्ष गोकुल पौडेलले बताए ।Image may contain: 1 person, smiling, indoor

स्रोत : बिआरटीनेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *