२०८१ वैशाख ७ गते | 19th of April 2024

मन्त्री नविन्द्रराज जोशीसंग जनसम्पर्क समिती, न्यूयोर्क च्याप्टरद्दारा अन्तर्कृया कार्यक्रमको आयोजना

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ९ गते १७:३६

न्युयोर्क (अमेरीका) –   नेपाली जन सम्पर्क समिती अमेरीका न्युयोर्क च्याप्टरले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेसका नेता तथा उद्योग मन्त्री नविन्द्रराज जोशीको उपस्थितीमा जन सम्पर्क समिती अमेरीका न्युयोर्क च्याप्टरले यही बुधबार नेपालको समसामयीक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको हो ।

यही मे २४ तारिख बुधबार न्युयोर्कको ज्याक्सनहाइट स्थित थकाली किचनमा आयोजना हुन लागेको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकोले सबैलाई सहभागीताको लागी आग्रह गरिएको जन सम्पर्क समिती अमेरीका न्युयोर्क च्याप्टर अध्यक्ष रोशन ढुङ्गानाले बिज्ञप्ती मार्फत बताउनुभएको छ ।

अन्तरक्रिया कार्यक्रममा कांग्रेस नेता तथा मन्त्री जोशीले नेपालको बर्तमान राजनीतिक अवस्था र भावी दिशाका बारेमा बोल्ने तथा सहभागीहरुको प्रश्नहरुको जवाफ दिने बताइएको छ ।

न्यूयोर्क च्याप्टरको बक्तब्य :

आदरणिय न्युयोर्कबासी
नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु
जय नेपाल !

बिषय : हार्दिक निमन्त्रणा !

उक्त संबन्धमा नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रभावसाली यूवा नेता एवं माननिय उद्योग मन्त्री श्री नबिन्द्र राज जोशी ज्युको प्रमुख आथित्यमा “नेपालको वर्तमान समसामयीक राजनितिक अवस्थाको” बारेमा एक कार्यक्रमको आयोजना गर्ने भएको हुनाले निम्न: मिति, समय र स्थानमा न्यू-योर्क बासी सबै नेपाली दाज्युभाई तथा दिदी बहिनीहरू , बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरू, समाजसेवी,बुद्दिजिवी, व्यवसायी, पत्रकार,कलाकार ,साहित्यकार तथा आम जनसमुदायमा उपस्थितिको लागि नेपाली जनसंपर्क समिति न्यूयार्क च्याप्टर अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछ ।
निम्न:
मिति: MAY 24, 2017 (Wednesday)
समय: 6:00PM
स्थान: “थकाली किचन, ज्याक्सन हाईट ”
75st and 37 Ave, Jackson Heights

धन्यवाद
रोशन ढुंगाना
अध्यक्ष
नेपाली जनसंपर्क समिति,
न्यूयोर्क च्याप्टर अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *