२०८१ वैशाख ८ गते | 20th of April 2024

न्यूयोर्कमा बाणिज्यदूत कृशु क्षेत्री, गायक रामप्रसाद खनाल, पत्रकार किरण मरहठ्ठाहरु सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १७ गते ४:०२

अमेरिका – अमेरिकाको न्यूयोर्कमा आयोजित एउटा विशेष कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक, अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल र नेपाल बाहिर अमेरिकामा रहेर पनि नाच, गीत र अभिनयमा सर्वाधिक लोकप्रिय खनाल पुत्री सुस्मा खनाल सम्मानित भएका छन् ।

युएस नेपाल अनलाइनको एघारौँ वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा आयोजित उक्त कार्यक्रममा हाल सम्म एक हजार दुई सय भन्दा बढी लोक, दोहोरी, आधुनिक, राष्ट्रिय र धार्मिक गीत गाइसकेका खनाललाई वरिष्ठ साहित्यकार एवम् न्यु योर्क स्थित नेपाल सरकारका बाणिज्यदुत क्रिसु क्षेत्रीले दोसल्ला ओढाएर विशेष सम्मानपत्रका साथ सम्मान गर्नुभएको थियो । सम्मानित खनालका हाल सम्म ४७ वटा गीति एलबम, गीत, कविता, गलज, आत्मकथा, बायोग्राफी सहित १७ वटा पुस्तकहरू प्रकाशित भई बजारमा छन् ।

यसै गरी खनाल पुत्री सुस्मा खनाललाई पनि क्षेत्रीले दोसल्ला ओढाएर विशेष सम्मानपत्रका साथ सम्मान गर्नुभएको थियो । सुस्मा ९ वर्षको उमेरमा अमेरिका आए पनि उनले आफ्ना बाबु रामप्रसाद खनालको सांस्कृतिक अभियान लाई पच्च्याउन्दै आएकी छिन । नेपाली, हिन्दी, अङ्रेजी र स्पानिस भाषामा गीत गाउन, नाच्न र अभिनय गर्न माहिर सुस्माका एक सय भन्दा बढी भिडियोहरू युट्युब, मिडियाहरू र सामाजिक सञ्जालमा भाईरल छन् भने युट्युबमा मात्र करिब सवा लाख सब्स्क्राइबरहरु रहेका छन् । कुनै औपचारिक तालिम वा सो सम्बन्धी क्लास बिनै गाउने, नाच्ने, अभिनय गर्ने सुस्मा संसार भरका नेपालीहरूका बिच लोकप्रिय छिन ।

बाबु रामप्रसाद खनाल र छोरी सुस्मा खनाल अमेरिकामा एउटै मञ्चमा सम्मानित भएको यो पहिलो पटक भए पनि उनीहरू दर्शक र श्रोतामाझ यस अघि नै एउटै मञ्चमा धेरै पटक आइसकेका छन् । नेपाल बाहिर बाबु छोरी एउटै मञ्चमा प्रस्तुत हुने र अत्यन्त लोकप्रिय रहेको यो पहिलो संयोग पनि हो ।

सुस्मा अमेरिकामा बसे पनि उनमा पनि बाबु मा जस्तै पुरै नेपाली संस्कार देखिन्छ । उनी मेडिकल पनि पढ्दै छिन र ६ महिना पछि ब्याचलर ग्राजुएसनको तयारीमा छिन ।

खनालका बाबु छोरीका अलावा युएस नेपाल अनलाइनले समाजका विभिन्न क्षेत्रका केही उदाहरणीय व्यक्तित्वहरूलाई पनि सो अवसरमा सम्मान गरेको थियो ।

खचाखच भरिएको न्यु योर्क ज्याकसनहाइटको उक्त हलमा रामप्रसाद खनालले गीत गाउँदा एक पटक सबैलाई रुवाएका थिए भने अर्को गीतमा सबैलाई नचाएका थिए । त्यसै गरी सुस्माले पनि त्यहाँ नाच प्रस्तुत गरेकी थिइन । खनालका बाबु छोरीका अलावा विमल डाँगी, अभय ढुङ्गेल लगायतका कलाकारहरूका प्रस्तुतिहरू पनि समावेश भएको उक्त कार्यक्रम डिसेम्बर १ तारिख दिउँसो एक बजे देखी ५ बजे सम्म चलेको थियो ।Image may contain: Ram Prasad Khanal, standing

युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप परियार थापा मगर, सामाजिक अभियन्ता एबम लोकप्रिय नेपाली नारी डा. बिष्णुमाया परियारले कार्यक्रमका बारेमा बोल्दै आफ्ना सारगर्भित मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सँचालन साहित्यकार शकुन ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रममा नाचगान, दिवाभोज पनि राखिएको थियो ।

कार्यक्रम न्यूजर्सी सितिका तर्फबाट मेयरका सल्लाहकार डा. बिष्णुमाया परियारले साहित्यकार एबम बाणिज्यदूत क्रिशु क्षेत्री, पत्रकार किरण मरहठ्ठा लगायतका ब्यक्तित्वहरुलाई सम्मन पनि गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *