२०८१ वैशाख ८ गते | 20th of April 2024

दोश्रो बर्षमा रुपान्तरण, रुपान्तरण अनलाइनको शुरुवात

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १७ गते ४:१३

न्युयोर्क – सामाजिक सञ्जाल फेसबुक पेजमार्फत अनलाइन शो संचालन गरेर नेपाली अमेरीकी समुदायमा सकारात्मक सोच र विचारलाई प्रतिस्थापित गर्दै आइरहेको साप्ताहिक अन्र्तक्रियात्मक कार्यक्रम रुपान्तरणले आप्mनो पहिलो बार्षिकोत्सव सम्पन्न गरेको छ ।
अमेरीकामा रहेका बिद्धत, संघर्षशिल, सामुदायिक, डाक्टर, प्राध्यापक, इन्जिनियर, सामाजिक अगुवा, बहुमुखी प्रतिभा तथा सामाजिक संघ संस्थामा योगदान दिएर समुदायका हक हित र अप्ठ्यारालाई पाखा लगाउँदै आइरहेका बिशेष व्यक्तिहरुसंग पत्रकार अकुर लुइटेलले रुपान्तरण अन्र्तक्रिया गर्दै आइरहेका छन् । एक बर्ष समापन र दोश्रो बर्ष प्रवेशको सन्दर्भ पारेर न्युयोर्क, क्विन्सको ज्याक्सन हाइट्सस्थित ब्याम्बो हाउस एण्ड वारमा आयोजना गरिएका बार्षिकोत्सवमा १ बर्षे रुपान्तरण कार्यक्रममा ६३ जना फरक फरक क्षेत्रका व्यक्तित्वलाई प्रस्तुत गरिएको संचालक अकुर लुइटेलले जनाए । साथै एक बर्षे यात्राका चुनौती, अवसर र अनुभव प्रस्तुत गरेका लुइटेलले आगामी दिनमा रुपान्तरणलाई अझ जनमुखी, समुदाय अनुकुल र नेपाली अमेरीकी समुदायको पर्याय बनाउने उद्घोष गरेका थिए ।
बार्षिकोत्सव कार्यक्रममा न्युयोर्कका नायब महावाणिज्यदुत पुष्पराज भट्टराई, वाणिज्यदुत कृषु क्षेत्री, शिक्षाबिद् डा. तारा निरौला, न्युयोर्क क्विन्स कम्युनिटी बोर्ड सदस्यद्धय मोहन ज्ञवाली र नवराज केसी, कनेक्टिकटका सामाजिक अगुवा, कलाकार अमृत लामा, खेम भट्ट, साहित्यका डा. मधु माधुर्य, चर्चित लेखक राजन थपलिया, एनआरएनए अमेरीकाका महासचिव बिआर लामा, न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, बोर्ड अफ डाइरेक्टर वेगम पण्डित, नेजाका महासचिव पत्रकार किरण मरहठा, सम्प्रेषण पत्रकार शैलेष श्रेष्ठ, पत्रकार आङ छिरिङ शेर्पा, शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा, सामाजिक व्यक्तित्वहरु मंगलदास श्रेष्ठ, जिवय नकर्मी, उत्तम पाण्डे, नगेन्द्र शाह, अनिल राज पाण्डे, अनु खड्का, बिनोद चापागाँई लगायतको सहभागिता रहेको थियो । रुपान्तरण्को बार्षिकोत्सव कार्यक्रममा समाचार तथा अनलाइन टिभी पोर्टलको उद्घाटन पनि गरिएको छ । नायब महावाणिज्यदुत पुष्प राज भट्टराइले क्लिक गरेर औपचारिक शुभारम्भ गर्नुभएको उक्त पोर्टलको प्रधान सम्पादक पनि रुपान्तरण कार्यक्रम संचालक अकुर लुइटेल नै रहेका छन् । सामाजिक, आर्थिक र सामुदायिक बिषयलाई प्राथमिकतामा राखेर अन्य सन्दर्भ सामग्रीलाई न्युज पोर्टलले समेट्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
शुभकामना दिने क्रममा डा. तारा निरौलाले समाजका गहन बिषय र बिद्यमान चुनौतीलाई पाखा लगाउने काममा रुपान्तरण अन्र्तक्रिया जस्तै अनलाइन पोर्टल निरन्तर लागिरहोस भन्नुभयो भने एनआरएनए अमेरीकाका महासचिव बिआर लामाले संस्थागत रुपमा नेपाली समुदायलाई एकत्रित गर्न एनआएन लागिरहेको औल्याउँदै सम्पुर्ण नेपालीहरुको सम्बृद्धिका लागि स्थानीय संस्था र संचार माध्यमहरुबिच सौहार्द सहकार्य हुनुपर्ने बताउनुभयो ! रुपान्तरण अन्तर्कृयाका पहिलो स्रोतब्यक्ति कुइन्स कम्युनिटी बोर्ड सदस्य मोहन ज्ञवालीले अन्तर्कृयाको स्मरण गर्दै बिगतको तुलनामा अहिले रुपान्तरण गुणस्तरीय रहेको उल्लेख गर्नुभयो ! नेजाका महासचिब किरण मरहठाले डायस्पोराका संचार माध्यमलाई आर्थिक रुपमा बलियो नबनाएसम्म मिडिया र नेपालीहरुका समस्या हल गर्न कठिन हुने बताउनुभयो ! पत्रकार सैलेश श्रेष्ठले अब मिडियाले हाम्रा समस्यालाई सबैको पहल र सहकार्यमा अन्तरराष्ट्रियस्तरमा लैजानुपर्ने औल्याउनुभयो !
केक काटेर सफलताको उत्सव मनाएको रुपान्तरणले एक बर्षको अन्तरालमा न्यूयोर्क, न्यूजर्सी, कन्नेटिकट, क्यालिफोर्निया लगायतका राज्यमा अन्तर्कृया गरेर नेपाली समुदायलाई एक-आपसमा जोड्दै आएको संचालक अकुर लुइटेलले जानकारी गराए ! वार्षिकोत्सबलाई समापन गर्दै नायब महाबाणिज्यदुत पुष्प राज भट्टराईले संचार क्षेत्रको भूमिका बिशेष हुने भएकोले स्टेट, सिटी तथा सार्वजनिक निकायका सुचना, भ्याकेन्सी र अबसरलाई समाबेश गर्दै समुदायको जीवनस्तर उकास्न लाग्नुपर्ने बताउनुभयो !
रुपान्तरणको पहिलो कार्यक्रमलाई अत्यन्त सकारात्मक कामका रुपमा चित्रित गर्दै सहभागि समस्त महानुभाबले रुपान्तरण वास्तवमै समाज रुपान्तरण गर्न सफल रहेको बताए ! कार्यक्रममा रुपान्तरणका संचालक अकुर लुइटेल, चर्चित लेखक राजन थपलिया, डा तारा निरौला, दिपक परियार, जीवन बम, खेम भट्ट र दिवाकर पाण्डेलाई न्यूयोर्कका सिटीका काउन्सिलम्यान कोस्टा कोन्स्टास्टिनीडेसले साइटेसन (अवार्ड) बाट सम्मान गरेका थिए ! रुपान्तरणका संचालक अकुर लुइटेलले सन्चालन गरेको उक्त कार्यक्रममा न्यूयोर्क र छिमेकी राज्यहरुबाट समाज र समुदायका क्षेत्रमा काम गर्दै आएका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *