1

३९ वटा सीसी टिभीको निगरानीमा गोरखा बजार

28 पटक पढिएको

गोरखा – गोरखा बजारमा सीसी टिभी जडान गरिएको छ । सामुदायिक सेवा केन्द्रको अगुवाइमा ३९ वटा क्यामरा जडान गरिएको हो । गोरखा नगरपालिकाको वडा नम्वर ६, ७ र ८ को मुख्य बजार क्षेत्रमा क्यामरा जडान गरिएको केन्का अध्यक्ष अच्युतलाल श्रेष्ठले बताए । ‘खोलखोलेको नगरपालिका चोक हुँदै पुरानो बसपार्क, बिपी चौतारा, ठूलो आँगनदेखि पाटेचौरको जिल्ला जनस्वास्थ्य कार्यालयसम्म क्यामरा जडान गरिएको छ,’ उनले भने ।

त्यस्तै, लोकतान्त्रिक चोकदेखि अस्पताल मार्गमा पनि क्यामरा जडान गरिएको उनले बताए । बिपी चौतारादेखि रोहटेपानी हुँदै नयाँ बसपार्कको क्षेत्रमा पनि क्यामरा जडान भएको उनले जानकारी दिए । चहलपहल बढी हुने क्षेत्रलाई मध्यनजर गर्दै क्यामरा जडान गरिएको उनको भनाइ छ । ‘३५ वटा फिक्स र चार वटा मुवेवल क्यामरा जडान गरेका छौ, मुवेवल क्यामरा ३६० डिग्रीमा घुमाउन मिल्छ,’ सीसी क्यामरा उपभोक्ता समिति संयोजक कैलाशबाबु श्रेष्ठले भने ।

जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम राखेर क्यामराको निगरानी गर्ने व्यवस्था मिलाइएको छ । निगरानीका लागि कन्ट्रोल रुममा दुईजना प्रहरी २४ सै घण्टा खटाइएको छ । जिल्लाको सुरक्षा व्यवस्था कायम गर्न प्रहरीलाई सघाउ पुर्‍याउने उदेश्यले क्यामरा जडान गरिएको श्रेष्ठको भनाइ छ । ‘चोरीका घटना वा कुनै दुर्घटना भएमा क्यामराको फुटेज हेरेर घटना बारे थाहा पाउन सकिन्छ, फेरि घटनाको दोषी पत्ता लगाउन पनि सहयोग पुग्ने अपेक्षा गरेका छौ,’ उनले भने ।

जडान भएका क्यामरा प्रहरी कार्यालयको स्वामित्वमा रहेको छ । ‘हामीले नगरपालिकालाई हस्तान्तरण गर्‍यौ, नगरपालिकाले प्रहरी कार्यालयको स्वामित्व हुने गरी कार्यालयलाइ हस्तान्तरण गरेको छ,’ श्रेष्ठले भने । ठाउँ ठाउँमा जडान भएका क्यामरा र अप्टिकल फाइवरहरु सम्बन्धित टोल बिकास संस्थालाइ निगरानी गर्न आग्रह गरिएको केन्ऽले जनाएको छ । कुल २६ लाख ६६ हजार लागतमा क्यामरा जडान गरिएको हो । क्यामरा जडानका लागी गोरखा नगरपालिकाले १८ लाख सहयोग गरेको छ भने बाकी रकम अन्य संघसंस्थाबाट जुटाइएको केन्ऽले जनाएको छ । क्यामरा जडान भएसँगै जिल्लाको शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

प्रत्येक वर्ष फायरपावरले विश्वका शक्तिशाली सैन्यबलको सूची जारी गर्छ । सन् २०१८ को पनि यस्तो.. ...

डालास - नेपालको चितवनमा भब्य पुस्तकालय निर्माण गर्ने उद्धेश्य लिएर काम गरिरहेको नेपाल.. ...

काठमान्डौं - नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...