२०८१ वैशाख ७ गते | 19th of April 2024

नविन, लुना र केसी डान्स सेन्टर

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १९ गते १६:५७

– गोविन्द गिरी प्रेरणा

प्रवासमा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्न सजिलो छैन । रोजी रोटीका कामवाट समय निकालेर खासै आर्थिक लाभ नहुने, मनको सन्तोष, आफ्नो करियरको निरन्तरताका लागि गरिने यस प्रकारका क्रियाकलाप यौटा जोश र उमङ्गमा शुरु गरे पनि त्यसलाई निरन्तरता दिन नसकेको यथार्थ हाम्रा सामु छ । त्यसैले नेपालमा राम्रो करियर वनाएका प्रतीभाहरु अमेरिकाको मेल्टिङ पटमा विलाएका छन् । तर थोरै प्रतिभा भने निष्ठाका साथ निरन्तर लागिरहेका छन् । त्यस्ता प्रतिभाहरुमा नृत्य निर्देशक नविन केसी अग्रपङ्तीमा रहेका छन् । र उनलाई साथ दिएकी छिन् लुना श्रेष्ठले ।
वाशिंटन डिसी क्षेत्रमा विभिन्न समयमा विभिन्न ग्रुपले वार्षिक रुपमा साँस्कृतिक कार्यक्रम गर्ने परम्परा वनेको थियो विशेष दशैं तिहारको समयमा ।

पछिल्लो समयमा त्यसको नेतृत्व कलाकार सरोज खनालले गरेका थिए । त्यस क्रममा पनि नविन केसी त्यस समूहमा सकृय थिए । तर सरोज खनाल नेपाल फर्किएपछि त्यो साँस्कृतिक निरन्तरता दिन नविन केसी जुर्मुराए । उनले लुना श्रेष्ठको सहयोग र साथमा केसी डान्स सेण्टरको स्थापना गरे । त्यही डान्स सेण्टरको व्यानरमा २ वर्षदेखि नियमित रुपले कलिउड नाइटको नाममा साँस्कृतिक कार्यक्रम हुने गरेको छ ।

कलिउड नाइट गीत नृत्य र प्रहसनको प्रस्तुति हो । तर यसमा नविनले नयाँपन थपेका छन्, सुपरममको प्रस्तुति । यो हरेक वर्ष आकर्षणको केन्द्र वनेको छ । गैर कलाकार कामकाजी महिलाहरुलाई प्रशिक्षण दिएर प्रस्तुत गरिएको सुपर मम को प्रस्तुति लोभलाग्दो, आकर्षक र सवैको वाहवाही वटुल्ने प्रस्तुति वनेको छ । यसअघि यस्ता प्रकारका प्रस्तुति हुने गरेका थिएनन् ।

यसवर्ष सुपर ममको साथमा सानासाना नानीहरुको पनि प्रस्तुतिले भविष्यका कलाकार उत्पादन गर्न सहयोग पुग्ने सम्भावनाको ढोका खुलेको छ ।  यस वर्षको कार्यक्रममा कलाकार सरोज खनालको नाट्य प्रस्तुतिले दर्शकलाई रुवाउन सफल भएको थियो, त्यसलाई अझै पर्फेक्ट वनाउन सकिने सम्भावना हुँदाहुँदै पनि । यो कार्यक्रमवाट उठेको पैसामध्येवाट चेपाङ् समुदायको लागि रकम हस्तान्तरण नेपालमा भयो । यो अर्काे सामाजिक महत्वको काम भएको छ ।

केसी डान्स सेण्टरले नियमित रुपमा सशुल्क नृत्य प्रशिक्षण गर्दै आएको छ । तर आजको समय अनलाइनको समय हो । फेरि सवैले भौकित रुपमा प्रशिक्षण स्थल गएर प्रशिक्षण लिन पनि सहज छैन । त्यसलाई दृष्टिगत गरेर अनलाइन निशुल्क नृत्य प्रशिक्षणको अवधारणा अघि सार्दै फेसवुकमा राखिएको छ केसी डान्स सेण्टरको तर्फवाट । यो पनि छोटो समयमै निकै लोकप्रिय हुँदै गएको छ ।
यी सव गतिविधिहरुका लागि केसी डान्स सेण्टरलाई साधुवाद त दिनै पर्छ ।

यसमा सहभागी हुनका लागि प्रेरित पनि गर्नुपर्दछ ।
केसी डान्स सेण्टरको विषयमा यो वेवसाइटमा गएर विस्तृत रुपमा जानकारी लिन सकिन्छ :

www.kcdancecenter.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *