1

मझिमटारकी जुनकीरी, गोरखाका बल्छी धुर्वे र मकवानपुरकी श्रृङ्खला

37 पटक पढिएको

– लक्ष्मण सिटौला
नदी किनारमा घर भएका सबै मानिस माझी नै कहाँ हुन्छन र ?
मन्दिर वरिपरि बसोबास गर्नेहरू सबै पुजारी हुने भए श्रीपशुपती नाथको मन्दिरका लागि भारतको भट्टलाई किन पुजारी नियुक्त गर्न पर्थ्यो र ! बोकाहरुले रुगेर दायि हुने भए गोरु नै किन चाहिन्थ्यो र ? बल्छी ध्रुवे यस्तै  खोचे खोचे गफ गरेर गाउँका अल्लारे केटाहरुलाइ अल्म्ल्याउथ्यो । हातमा एउटा सानो लौरो र पछाडी माछा बोक्ने पेरुङ्गो भिरेर हिड्थ्यो उ ।
बल्छीमा पारेको माछा बेच्न  उ गोर्खा लक्ष्मीबजार हुँदै बिरिन्चोक बार्हकिलो,अबुवा,खैरेनी ,मुग्लिङ,कुरिनटार,कुरिन घाट ,फिस्लिङ,मोवाखोला,चरौदी,मझिमटार ,बेनिघाट पुग्छ । उस्को घर चै मझिमटार हो । त्यो एरियामा चल्ने कुनै पनि यातायातले उस्को भाडा लिदैनन । उ जतिबेला जाहा बाट पनि माइक्रो बस होस कि ट्रक होस या बस होस चढ्न सक्छ । उस्को पेरुङ्गोमा एक दुईवटा असला माछा जहिले नि हुन्छन ।त्रीसुली नदीले उस्लाइ राम्ररी चिनेको छ । बल्छी ध्रुवे भनेपछि नदी पनि कोमल बनिदिन्छ । बर्खाको भेलमा त्रीसुली बाकटे हानेर तर्छ उ।
आफू मात्रै होइन कहिलेकाही आपतमा परेकालाई पनि तार्छ तर
तारिदिए बापत कसैसग एक पैसो पनि लिदैन ।
उ एक प्रकारको फकिर जस्तै छ । दयालु छ । कोमल मनको छ।
उ कसैलाई बिझाउने गरेर भन्दैन । उ आफै कमाउछ कसैसँग हात थापेर खादैन । उ पहाडको भुमे सिमे पुजा गर्छ । पहाड चढ्दा देउरालीमा फूल चढाउछ । उ मझिमटारको भुमी पुत्र हो । उस्को जात छैन । उ सानै हुँदा उस्का बाबुआमालाई त्रीसुली नदीले बगायो । उ दुधे बालक हुँदा छिमेकीकि  सानिकान्छी दमिनीले पालन पोषण गरिन । उ जन्मियो बाहुन भएर , हुर्कियो दमाई परिवारमा र उस्ले ध्रुव परियार लेख्यो नाम थर आफ्नो स्कुलमा तर पछि पेशाबाट नागरिकता लियो धुर्व माझी ।पछि एकजना सनक माझीलाई उस्ले बाउ पुज्यो । सनक पनि त्यस्तै दुखी थियो । अक्सर दुखीका साथी दुखी नै हुन्छन , हुदारहेछन। यस्तै भो सनक माझी र ध्रुवेको जीवनमा पनि । सबैले उस्लाइ चिन्छन बल्छी ध्रुवे भनेर । सनक माझी बल्छी ध्रुवेलाइ मेरो छोरो भन्थ्यो।
सानैमा आमाबाबु गुमाएको बल्छीले सबैको माया पाएको थियो ।
सनकरामको पनि सन्तान कोहि थिएनन् । पत्नी टिबि लागेर मरि।
लगातार ओखती खाए टिबि निको हुन्छ भनेर के गर्नु ! गाउँ घरमा अझैसम्म पनि  जीवन जल पाउन गार्हो छ । हेल्थपोस्टमा न ओखती हुन्छ न डाक्टर नै । फुर्तिफार्ती गर्ने स्थानीय नेताहरू राजधानी जान्छन पेट दुखे पनि । लुरेलाम्रे झुरेझाम्रे गरिबका दिन खोइ कहिले पनि आएन । प्रजातन्त्र लोकतन्त्र गणतन्त्र आखिर जे जे र जुन जुन तन्त्र आए पनि गाउँलेको जिन्दगी फुमन्तरकै भरमा चलेको छ आजको दिनसम्म । आजको दिनसम्म कति आमाहरु भोकै होलान् । आजको दिनसम्म कति बाबुहरु नाङ्गै होलान् । आजको दिनसम्म सुत्केरी हुन नसकेरै मरिरहेका छन बिकट गाउँमा चेलीबेटीहरु ।
अजिवको छ बल्छी ध्रुवे । आफ्नै पाराको छ । रिसाउदैन कहिले पनि । उस्का प्रतिद्वन्द्वी कोहि छैनन । पायो भने मजाले खान्छ ।
पाएन भने खादैन। कति दिन खादैन। कति दिन सुत्दैन पनि । निन्द्रा भोक सुख सयल सपना बाल छैन उसलाई । भोक प्रती कुनै गुनासो छैन उस्को। जीवन प्रति पनि कुनै गुन्जायस छैन उस्को । दुखीहरु सुखी देखिन्छन चिन्ता त्यही एक पेट र एक जोर कपडाको  त हो नि । धनीहरुको धेरै गुनासो हुन्छन् तर गरिबको एउटा मात्रै गुनासो नुनको । नुन खान नपाएकाहरु सुनको कुरा गर्दैनन् जुनको पनि कुरा गर्दैनन् । गुनासो गर्दैन कोहि प्रती । उ खोला किनार बन जङ्गल बगर सग रमाउछ अक्सर । उ साथीहरू सग मित्रवत ब्यवहार गर्छ ।
उ खोलाको तिरैतिर हिंड्छ । उस्लाइ मन पर्छ बिहान। उ चरासग गीत गाउँछ । उ जंगली जनावरहरु सग कुराकानी गर्छ । उ दुखेसो पोख्छ ढुङ्गामाटाे सग । उ आँसु मिसाउछ त्रीशुलिसग । उ फकिर।  कमाउछ पनि सक्काउछ पनि । साथीहरू उस्लाइ खुवाउदैनन। बरु उसैको खाइदिन्छन । बल्सी ध्रुवेले रक्सी ख्वाउछ रे भनेसी उस्का बालसखाहरु मझिमटारको देउराली भोजनालयमा जम्मा हुन्छन । देउराली भोजनालयको साहुकी छोरी भर्खरैकि छे । त्यसैको जवानी हेर्न हुत्तिन्छन केटाहरु । धुर्वे पेरुङ्गो थापेर पारेको माछा कहिलेकाही त्यही पकाएर खान्छ ।साहुजीको छोरी जुनकीरी र उ सानोमा  चित्रादेवी प्राबी सिउरिनीटारमा सगै बार्हखरी पढेका । ध्रुव यसरी आवरा भएर हिडेकोमा उस्लाइ चिन्ता छ ।
जुनकीरीको आमा पनि उ सानै छदा बितिन । सौतेनी आमाले उस्को पढाई रोकेर होटेलको भाडा मझाउन थाली ।त्यही फुची जुनकीरी अहिले ठुली भैसकी । कहिलेकाही बल्छी ध्रुवे त्यतै खाना खान्छ । बल्छी ध्रुवे यदाकदा आउँछ त्यो देउराली होटेलमा । सौतेनी आमाको आँखा छलेर जुनकीरी उस्को भागमा अलिकति माछाको रस बढी हाल्दिन्छे, चौटा हाल्दिन्न आमाले देखिन भने रडाको मच्चाउन सक्छे। एक्दिन माछाको टाउको हाल्दिएकी बल्छीको भागमा झन्डै मारेकी । डर लाग्छ उस्लाइ सौतेनी आमा सग । आमा त आमै हुन तर किन सौतेनी आमा चै सबैलाई शत्रु लाग्छ। आफ्नी आमालाई चै बच्चाको माया हुने तर तिनै नारी हुन सौतेनी आमा चै किन  यस्ता हुन्छन ! जुनकीरीको आधा शरीर भैसकेको थियोे सौतेनी आमाको गाली धम्म्की र गलौजले । उस्को स्कुल छुटेको पनि एक बर्ष भैसकेको छ ।
जुनकीरीको बाबू पत्नी पीडित । उ स्वास्नीले जे भन्यो त्यही मान्छ । नमाने त फेरि बेलुकी भातको भाग लाग्दैन । कुकुरसग सुत्नपर्छ चिसो पिढिमा । अगुल्टो देखाउछे आगो बल्दै गरेको ।
केही गल्ती गर्न पाइन्न । बिचरो दुखी छ । उस्लाइ जुनकीरीको माया छ । सानै भए पनि छोरीको बिहे गर्न पाए राडको गाली त खान पर्दैनथ्यो त्यस्ले । उ यहि चिन्तामा थियो । फिस्लिङमा  जुनकीरीको सानिमा थिइ । उ कहिलेकाही साली भएकोमा जान्छ र दुख बिसाउछ । जुनकीरीले पढ्न पाइन त्यसैले बिहे गरिदिने सुरमा छ उ । होटेलबाट अलिअलि कमाएको पैसा पनि उसैको कान्छीले कुम्लो पार्छे । दुई बाउछोरीलाइ उही बिहान बेलुकीको भात मात्रै हो । भात पनि कहिलेकाही त बासी पो खानुपर्छ । उसलाई अलिकति थाहा छ जुनकीरी बल्छीलाइ माया गर्छे ।
बल्छी आफैको भने कुनै घर छैन । उ सनक माझीकोमा बस्छ ।
एकदिन सनक माझीले बल्छी ध्रुवेलाइ भन्यो ” केटा त अब ठुलो भैसकिस बिहे गरि घरजम गर्नुपर्छ” बल्छिले चै जुनकीरी पाए मात्रै बिहे गर्नी कुरा गर्यो ।
एकदिन बल्छीलाइ जुनकीरीले सोधी  ” ध्रुव मलाई कोहि केटो माग्न आउदैछ हाम्री आमाले भनेको । तर …मलाई बिहे गर्ने मन छैन ” जुनकीरीको कुरा सुनेर बल्छी दुखी भयो । माछाको झोल सग खादै गरेको भात छोडेर उठेर हिंड्न् लाग्यो । जुनकीरीले फकाइ
 ” यसरी खादै गरेको भात कहिले छोडनु हुन्न दशा लाग्छ ध्रुव “
 ” केटीहरुलाइ किन बिहै गर्न हतारो हुन्छ ह “
 ” केटीलाई होइन केटी जन्माउने बाउआमालाइ पो हतारो”
 ” डाेली चढ्न मन लागेको हो जुनकीरी “?
 ” रातो डाेली त होइन सेतो डाेली चै हो “?
 ” छि कस्तो अलिछिनी बोलेकी हो” ।
 ” तिम्लाइ के थाहा मेरो ब्यथा “
 ” अनि को हो रे त्यो केटो तिम्लाइ माग्न आउने चै “?
 ” छेपेटारको रे केटा दुवइमा जागिरे छ रे “
 ” लौ गर उसो भा “
 ” हेर न पापी कसरी भन्न सक्या अलिकति माया लाग्दैन मेरो “?
 ” लागेर पो के गर्नु त। आफ्नो त न खाने ठाँउ न बस्ने बास “
 ” घरको भित्तोले माया गर्ने हो र “?
 ” बगरमा सुत्छेस त “?
 ” मन परेको मान्छे सग बगर त के चिहानमै सुत्न परे नि राजी “
 ” त्यसो भए बिहे गर्छेस त मो सग “?
 ” गर्छु “
 ” भोलिपर्सी दुख पाइस भने /लाउन खान पाइनस भने चै मलाई
    छोडेर धनी केटा टपक्क टिपेर खुसुक्क पोइल जान पाइन्न नि”
 ” छि ! बोल्दा  अलि मीठो बोल्नु नि कति टरो मोन्छे हौ “
 ” ल त्यसो भए  आज त्रीसुलीमा बल्छी थाप्न सगै जाम “
 ” आमोइले मार्छिन “
 ” म दुई चार दिन यतै माछा ल्याउछु तेरि सौतेनी आमाको मन
   जित्छु। लगातार माछा देपछि त खुसी हुन्छिन तिनी पक्कै “
खाना खाएर बल्छी ध्रुवे फिस्लिङ तिर गयो। जुनकीरी खुसी भै ।
बालसखा ध्रुवे सग जिन्दगी बिताउन पाए उ जस्तोसुकै दुख झेल्न पनि तयार भै । बल्छी भात खाएर एक्छिन पनि नबसी गयो । जुनकीरीको मन आज अलि बढी नै रमिएको छ । सधैं सुन्दै आएको सौतेनी आमाको कर्कसो आवाजले वाक्क भएकि जुनकीरीको मनमा आज अलिकति घाम लाग्यो । हिड्ने बेलामा बल्छी अलिकति मुस्कुराएको सम्झी उस्ले । पहिलो चोटि हो उ केटा मान्छेको मुस्कानले पुलकित भएकि । नाम जुनकीरी भएर के गर्नु उ सधैं औसी भएर बाचेकी छे । होटेलको जुठो भाडा माझ्दा माझ्दा सुन्निएको औला देखेर उ आफैलाइ धिक्कार्थी । उस्को आमाले राख्दिएकी जुनकीरी नाम । आमा हुदा उस्लाइ यो नाम औधी प्यारो थियो तर अहिले नाम फेरेर औसि राख्न पाए नि हुन्थ्यो जस्तो लाग्छ उसलाई ।
त्यो दिन देखि दुई दिन भो बल्छी त्यो होटेलमा आएन । एक दिन छेपे टारको केटा आयो । केही अरु मान्छे पनि आएका थिए उ सग । केटाले जुनकीरीलाई मन पराएछ । जुनकीरी ले केही बोल्न खोज्दा उस्कि सौतेनी आमाले बोल्न दिनन। उ मौन बस्नु पर्यो । खै कस्ता मान्छे हुन उस्लाइ त सन्का लाग्न थाल्यो । दुवइमा जागीर भएको जस्तो पनि लाग्दैन । आँखा हेर्दा त धेरै रक्सी पिउने जस्तो छ । जुनकीरीको बाउको पनि केही चल्दैन त्यो घरमा ।  जुनकीरीले चिया लगेर दिई । उसलाई बिहे गर्ने भन्ने केटाेको मुखमा हेरि पुलुक्क लुकेर । अलिक नजिक गएर हातमा चिया दिदा केटाको हात कामिरहेको थियोे । दिउँसो नै रक्सी पिएको थियो उस्ले । जुनकीरीको मुखमा ह्वास्स गन्ध आयो । उसलाई चिन्ता पर्यो । बल्छी हराउनु । यता केटा हेर्न आउनु । चिया दिएर बाहिर आउदा आमा र ती केटाहरु खास्खुस कुरा गरिरहेको सुनी उस्ले । केटाको स्वर लर्बरिएको थियो । अलिक भकभक गरेर बोलेको सुनी उस्ले । एउटा शब्द चै प्रष्ट सुनी “अहिले यति चालिस हजार राख्नु अरु चै काम सक्किएपछी ब्यावस्था गरुला ” । खै कुन अर्थमा त्यसो भनेका हुन जुनकीरीले बुझ्न सकिन ।
 कहिलेकाही सौतेनी आमाले होटेलमा आएर रक्सी पिएर मात्तिने केटा सग गएर सुत भन्थी । अनि उ बेस्सरी रुन्थी । जान्न थि उ ।
रक्सी पिउन आउने सबै केटासग टास्सिएर बस भन्थी उ । उसलाई गाह्रो हुन्थ्यो । तैपनि बसिदिन्थी । बिल चै डबल बनाउथीन आमा । रक्सी पिएका केटा देखेसी उस्लाइ कस्तो घृणा लाग्थ्यो। तर उस्को बिवसता कि माथी देउथानकी देवीले बुझ्थिन कि उस्की स्वर्गीय आमाले बुझ्थिन । सौतेनी आमाका हातमा पैसो थमाएर उस्लाइ माग्न आउने केटाहरु त्याहा बाट निस्किए । उ भाडा माझ्दै थि । किन दिए त्यत्रो रकम उस्ले बुझ्न सकेकी छैन । अब उस्लाइ यति थाहा छ कि उ त्यो रक्स्याहा सग बिहे गर्दै छे । उम्किने बाटो पनि हराउन थाल्यो । दुई दिन अघि ध्रुवेले अलिकति मायाको आश देखाउदा उ कति पुलकित भएकि  थिइ।
तर के थाहा जिन्दगीले यति छिटो कोल्टे फेर्छ र दुखका पलहरु निम्तिन्छन भन्ने !
अलिकति छोउला । अलिकति लजाउला । नदी किनारमा धुर्व सगै बसेर खोलाको गीत सुनुला । जिन्दगीका कथा भनुला । नाचुला उ सगै यो बिराट धरतीमा । अलिकति आँखा चिम्लिएर उस्लाइ छामुला । उस्को निदारमा माया गरुला । त्यो रुमानी पलमा एउटा गोधुली चिनो आखामा भरेर म सधैं सधैं उ सग बाचुला । यस्तै यस्तै धेरै सपनाहरू फुल्न र खेल्न थालेका थिए जुनकीरीको मनमा । जुनकीरीलाई पढ्न बन्चित गर्नी तिनै आमा हुन जस्ले नचिनेको पुरुषलाई उस्को बैँस बेच्दै छे । अवरात्र जुठो भाडा माझेर बाचिरहेकी त थिइ किन बेच्नै परेको होला । कुनै दिन डाेली लिएर आउला भनेर हिड्ने  ती पुरुषलाई उसैले बिदाइ गरेकी थिइ घर देखि । आज कति सौतेनी आमाहरू छोरी बेच्ने  तरखरमा होलान खोइ कस्ले पो सम्झाउने तिन्लाइ ।
बिहेको अलिकति आशा देखाएर हिड्ने उस्को मनको प्रेमी ध्रुव त्यो दिन देखि कहिले  फर्केर आएन त्यो घरमा । त्यो अनाथ अकेली जुनकीरी सुन्निएका आफ्ना हातका औंलाले पारी भुम्लिचोक  डाडामा बलेको रातको बिजुलि देखाउदै घरको अध्यारो आगनमा पिल्पिले सपना खोजिरहन्छे । न उस्का बाबुले उस्को सपोर्टमा केही शब्द बोल्न सक्यो , न त्यो वरिपरि उभिएका पहाडले पनि जुनकीरीको छाती भित्र बाफिएर बाचिरहेका सुनौलो खुसीका सपनाहरू बारे उभिएरै भए पनि बोल्ने साहास गर्न सके । केही बोलेन सगै बगिरहेको त्यो त्रीसुलीले पनि । केही बोलेनन  आगनका फूलहरुले पनि ।नि: शब्द बाचिरहे काली पहराका ढुंगाहरु पनि ।
दुखीका लागि बोलिदिने किन कोहि हुन्नन यहाँ ?। किन दुखी पात्रहरु स्मृतिको गर्तमा हराउँछन र हराउँदै जान्छन क्रमशःजसै हरायो ध्रुवे अनि उस्को साइनोका सनक माझी …  !  जुनकीरीले निद्रामा पनि खुसीको सपना देख्न छोडेकि छैन । जस्तै  हिजोआज मकवानपुरकि शृङ्खलाले बिश्व सुन्दरीको ताजको सपना देखिरहेकी छिन । सुन्दरता मात्रै बिक्रि हुने यो उपभोगवादी युगमा गरिबीले अर्धनग्न पारेका जङ्गलका जुनकीरीहरु उज्यालोमा होमिन आएका पुतली झै मर्छन । त्यसैगरी मर्दै छे जुनकीरी पनि  जसरी मरि हिजो धुवाँ टोलकि निशानी परियार सामुहिक बलात्कारमा परेर। किन निशानी र निर्मलाहरुको आवाज किन जुनकीरीहरुको आवाज चै अन्तर्राष्ट्रिय हुन सकेन ? किन जुनकीरीहरु सधैं जुठो माझ्न र योनि सुम्पन मात्रै धरतीमा आउँदा छन ?किन सौन्दर्य मात्रै अन्तर्राष्ट्रिय हुन्छ ? किन आँसु अन्तर्राष्ट्रिय हुँदैन ? किन गरिबी अन्तर्राष्ट्रिय हुन्न? किन फैसला गर्दैन पुरुष न्यायले स्त्री अन्याय बिरुद्ध !
पर्सिपल्ट त आएछन बैनाबट्टा गरेर गएका एक हुल पुरुष जुनकीरी लाई लिन । न त्याहा कुनै बाजा डाेली थियो , न कुनै त्याहा सिंदुर र शर्त थियो , न कुनै त्याहा सास्कृतिक बाचा बन्धन नै थियो। मानौ गोठमा घास खुवाएर पालेर राखेको पशु बिक्रि गरेझै बिक्री भै जुनकीरी पनि । उस्कि सौतेनी आमा खुसी भै एउटा निश्चित मुल्य आएकोमा । बाबू चै छोरीको पिरले घोप्टाे परेर रुन थाल्यो । यस्तै नपुंसक पुरुष पनि हुन्छन समाजमा जो आफ्नो छोरी बेचिदा पनि चुपचापले बस्न बिवस हुन्छन । थुप्रै छन यस्ता हुतिहरामहरु इतिहास देखि नै जिवित छन आजसम्म  । आगनमा निर्वाध चारा खाएर बाचेका कुखुरा परेवा बन पन्छीहरु रोए बरु जुनकीरीको अनुपस्थितमा तर त्यो गाउँ रोएन।
मझिमटार बाट एका बिहानै चिलले कुखुराका चल्ला टिप्यो भने हल्ला हुन्छ तर एका बिहानै कुनै चेली पासो लाएर मरिन, त्रीसुलीमा फाल हालेर मरिन वा बलात्कृत भइन भने कसैले मतलब गर्दैन । निस्पपट्ट छ गाउँ  । त्याहा पनि घाम लाग्छ ,त्याहा पनि बतास चल्छ ,त्याहा पनि फूल फुल्छ ,त्याहा पनि इन्द्रेणी पर्छ तर किन मानिसका चेतनालाइ प्रकृतिले अलिकति पनि छुदैन !! किन मानिस अचेत छन र बिकिरहेछन पैसामा !!

तपाईको प्रतिक्रिया

प्रत्येक वर्ष फायरपावरले विश्वका शक्तिशाली सैन्यबलको सूची जारी गर्छ । सन् २०१८ को पनि यस्तो.. ...

डालास - नेपालको चितवनमा भब्य पुस्तकालय निर्माण गर्ने उद्धेश्य लिएर काम गरिरहेको नेपाल.. ...

काठमान्डौं - नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...