२०८१ वैशाख १३ गते | 25th of April 2024

आपसी शत्रुतालाई अन्त्य गरेका दिन कांग्रेस ठूलो पार्टी : डा. महत

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर २९ गते १६:५५

काठमाडौं –  नेपाली काग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले पार्टी भित्रको आपसी शत्रुतालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। शनिबारदेखि राजधानीमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे सहमहामन्त्री महतले आ–आफूलाई शत्रु देख्ने प्रवृत्तिले कांग्रेसले पराजय भोग्नु परेको भन्दै सो प्रवृतिको अन्त्य गरिनुपर्नेमा जोड दिए। एक अर्कालाई शत्रु देख्ने प्रवृतिको अन्त्य भएपछि कांग्रेस ठूलो पार्टीको रुपमा बाहिर आउने र सरकारको नेतृत्व गर्ने दाबी पनि उनले गरे। एक अर्काको आलोचनामा नभई सम्पुर्ण उर्जा सरकारको खिलापमा लगाउन पनि उनले आह्वान गरे।

उनले कम्युनिष्टबाट प्रचार गर्न र जनताको बीचमा जाने शैली सिक्न कार्यकर्तालाई आह्वान गरे। कांग्रेसले गरेको कामको जस सत्तारुढ दलले लिने गरेको भन्दै उनले पार्टीको विचार र कामको जानकारी जनतामाझ पुर्याउनुपर्नेमा जोड दिए। निषेध र नियन्त्रण गर्ने सरकारको शैली विरुद्ध अर्जुन दृष्टिका साथ लाग्नुपर्नेमा उनले जोड दिए। द एसिया प्यासेफिक समिटमा सरकारको सहभागीताको प्रसंग उल्लेख गर्दै उनले सरकारका क्रियाकलापले नेपालीहरुको सम्पुर्ण संस्कृतिक विविधताको पहिचान समाप्त हुने अवस्था श्रृजना भएको दाबी गरे।

सहमहामन्त्री महतले सभापति शेरबहादुर देउवाको बचाउ गर्दै देउवा नभएको भए अरु कसैले पनि निर्वाचन गराउन नसक्ने दाबी गरे। नेताहरुले नेतृत्व नीतिअनुसार नचलेको भन्दै चर्को आलोचना गरेपछि सहमहामन्त्रीले सभापतिको क्रियाकलापको बचाउ गरेका हुन्। संविधान नै बन्न सक्दैन भन्दै गर्दा सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएको र संविधान कार्यान्वयनका लागि निर्वाचन गराउने काम सभापति देउवाले गराएको भन्दै उनले सम्पूर्ण श्रेय कांग्रेसमा रहेको दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *