1

नेकपा स्थायी समिति बैठकमा छलफल भईरहेका विषयहरु

50 पटक पढिएको

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पु-याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा आवश्यक निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई तत्काल पूर्णता दिने, सरकारको काम कारवाहीको समीक्षा गर्ने, सकारात्मक काम कारवाहीलाई थप अगाडि बढाउने र कमजोरी हटाएर जानेलगायतका विषय स्थायी समिति बैठकमा पेश गर्ने गरी कार्यसूची तय भएको हो ।

स्थायी समितिको बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा शुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

बहुप्रतिक्षित स्थायी समितिको बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई टुङ्गोमा पु-याउने विश्वास लिइएको छ । गत जेठमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता भई नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउनसकेको छैन ।

यस्तै जनवर्गीय एवं पेशागत सङ्गठनको समेत एकता प्रक्रिया बाँकी रहेको छ । एकता प्रक्रिया र सरकारको काम कारवाहीको विषयमा स्थायी कमिटीको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ । यस्तै पोलिटव्यूरोको चयनसमेत हुनसकेको छैन ।

सचिवालयको बैठक निरन्तर बस्दै आएको भए पनि स्थायी समितिको बैठक भने लामो समयदेखि बस्न सकेको थिएन । यस्तै केही दिन पहिले सचिवालयको बैठक समयमा शुरु नभएको भन्दै बैठक बहिष्कार गर्नुभएका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग पार्टी अध्यक्ष प्रचण्डले आज बिहान छलफल गर्नुभएको थियो । नेता गौतमको निवास भैँसेपाटीमा छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

भर्जिनिया - नेपाली लोकगीत तथा दोहोरी गीत क्षेत्रका अग्रज कलाकार एबम पत्रकार रामप्रसाद खनालकी.. ...

नेपालको एथलेटिक्स खेलका पुर्ब अन्तर्राष्ट्रिय धावक यज्ञलाल श्रेष्ठ अमेरिका स्थित.. ...

भर्जिनिया - यही December 29 तारीख़ 2018 शनिवारका दिन डीसी महानगर क्षेत्रको भर्जिनिया फेयरफ्याक्सको Chantilly.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...