२०८१ वैशाख १२ गते | 24th of April 2024

क्यान्सासमा एनआरएनए अमेरिकाको अन्तरक्रिया कार्यक्रम हुने

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १ गते १९:५९

अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी निर्वाचनको चहल पहल शुरु भएसंगै बिभिन्न शहरहरुमा बिभिन्न कार्यक्रम आयोजना हुने तयारीमा छन् ।Image may contain: Suneel Sah, smiling, standing and outdoor

यसैक्रममा एनआरएनए अमेरिकाको आगामी नेतृत्व र मेम्बरसिप ड्राइभका लागी कार्यक्रम आयोजना गरिने भएको छ । एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष तथा आगामी निर्वाचनमा अध्यक्षका मुख्य दाबेदार सुनिल शाहको सहभागीतामा अन्तरक्रिया तथा मेम्बरसिप ड्राइभ कार्यक्रम आयोजना हुन लागेको हो ।

बर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष साहले आगामी अध्यक्षका लागी तयारी तिब्र बनाइरहंदा कान्सासमा आयोजना हुन लागेको कार्यक्रममा पनि सहभागी हुन लाग्नुभएको हो । आउंदो डिसेम्बर २२ तारिख शनिबार कान्सासस्थित Antioch Library (8700 Shawnee Mission Pkwy, Merriam KS 66202) मा आयोजना हुन लागेको कार्यक्रम दिउंसो १ बजेपछि शुरु हुनेछ । कार्यक्रमबारे थप जानकारीका लागी फिलिप केसी ९१३-६८७-७०२६ मा लाई सम्पर्क गर्न सकिने बताइएको छ ।

एनआरएन सदस्य बन्न अनुरोध :

यसैबिच गैर आवासीय नेपाली संघ अमेरिकाले अमेरिकामा रहेका नेपालीलाई सदस्य बन्न अनुरोध गरेको छ । संस्था फराकिलो बन्नलाई सदस्य संख्या पनि बढि हुनुपर्ने तथा नेपालीहरु सबैको प्रतिनिधीमुलक संस्था एनआरएनए नै भएकोले सबैमा सदस्यता लिन अनुरोध गरिएको हो  ।प्रवासमा नेपालीहरुको समुन्नती र एकताका लागी एनआरएनएको संस्थागत बिकासको अभियानलाई व्यापक बनाउन समेत अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *