२०८१ वैशाख १२ गते | 24th of April 2024

लसएन्जल्समा सोनाम ल्होछार भव्य रुपमा मनाउदै

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १७ गते १९:५४

क्यालिफोर्निया लसएन्जल्स बस्दै आएका तामाङ समुदायले आफ्नो मुख्य पर्व नयाँ बर्ष सोनाम ल्होछार भब्यरुपमा मनाउने भएका छन् ।
उनीहरूले ल्होछारकै अवसरमा शुभ कामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने जानकारी सांस्कृतिक कोओर्डिनेटर भीमसेन लामाले गराउनु भएको छ ।
सबै जातजाती भाषा संस्कृतिको जगेर्ना गरौ ,परम्परागत कला सस्कृतिको सम्बर्दन गरौ “भन्ने मुख्य उध्येश्यका साथ तामाङ समुदायको नयाँ वर्ष (चरा वर्ग )”ज्या ल्हो” को अवसरमा यस कार्यक्रममा समस्त संसारभरि छरिएर रहनुभएका सम्पुर्ण तामाङ दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र उन्नति-प्रगतिको शुभकामना आदानप्रदान गरिने तथा यस सोसाईटी आफ्नो कला, संस्कृति र भाषा संरक्षण तथा सम्वर्दन गर्ने उध्येश्यका साथ एकजुट हुदै समाजमा सास्कृतिक परम्परा, रितिरिवाजको विकास गराउने र सबैजनालाई सम्मानका साथ यो नयाँ वर्ष मनाउने भन्दै सोसाईटीका अध्यक्ष टेक लामाले एकता भित्रको छुट्टै भाषा, पहिचान र संस्कृतिको विकास गर्ने एंव तामाङ समुदायको मौलिकता झल्काउने लक्ष्यकासाथ लसएन्जल्समा नै पहिलो पटक यो पर्व मनाउन गईरहेको हुँदा सबैको सकारात्मक सहयोग र साझा तथा फराकिलो बुझाईहोस् भन्ने आशा व्यक्त गर्नुहुन्छ।
यस संस्थाले सदैव साझा,निष्पक्ष , एकता र सहकार्यका साथ हातेमालो गर्दै अगाडी बढ्ने र कार्यक्रम अर्कों साता फेब्रुअरी २७ तारिख सोमबार बेलुकी लसएन्जल्स शहरको आर्टेशिया स्थित तारा हिमालयन कुजिनमा चर्चित हास्यकलाकार गोपाल नेपाल (फिस्टे), अन्य कलाकारहरु डोमा ह्योल्मो , नलिना चित्रकार र दोहोरी गायिका शिला आले मगरको साथमा भव्यताकासाथ हुन गईरहेकोले सम्पुर्ण लसएन्जल्सबासी संस्थाहरुलाई निमन्त्रणा गरिसकेको र अन्य सम्पूर्ण लसएन्जल्सबासी समुदायका दाजुभाई तथा दिदिबहिनि र सामुदायिक सदस्यहरुलाई यहि सुचना मार्फ़त निमन्त्रणा गरिएको जानकारी सोसाईटीका महासचिव डोल्मा लामा बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *