२०८१ वैशाख १२ गते | 24th of April 2024

पौष ५ देखी गोरखा महोत्सव

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष ३ गते १६:४२

गोरखा – यही पुस ५ गते विहिबारबाट शुरु हुने दशौ गोरखा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको प्रथम राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्ने सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । पर्यटक प्रबद्र्धनसँगै जिल्लाको परिचय आन्तरिक तथा बाह्य क्षेत्रमा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष एवम महोत्सव संयोजक जीवन ज्योति श्रेष्ठले बताए ।Image result for गोरखा महोत्सव

महोत्सवको मुख्य आकर्षकको रुपमा म्यान अफ द गोरखा दौड प्रतियोगिता, गाउँपालिका तथा नगरपालिका स्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम, औद्योगिक, कुस्ती प्रदर्शनी, खाना महोत्सव, हास्य ब्यङ्गयसँगै विभिन्न साँस्कृति कार्यक्रम रहेको आयोजकले जनाएको छ । ‘महोत्सवको विहान ११ बजे उद्घाटन हुन्छ,’ संघका अध्यक्ष श्रेष्ठले भने, ‘त्यस अघि विहान साढे सात बजे दौड प्रतियोगिता हुने छ ।’ पस्लाङ चौताराबाट शुरु हुने दौड बसपार्क हुदै गोरखा दरबार पुगेर टुङ्गिने उनले बताए । पर्यटन, व्यवसाय र इतिहासमा उल्लेख्य काम गरेका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको श्रेष्ठले भनाई छ । एकै वर्षमा दुई वटा हिमाल आरोहण गर्ने गोरखाकी पुर्णिमा श्रेष्ठलाई साहसीक महिलाको रुपमा सम्मान गरिने आयोजकले बताएको छ ।

Image result for गोरखा

‘कला संस्कृति र इतिहासमा योगदान पु¥याउने दिनेश राज पन्त, व्यवसायीक क्षेत्रबाट गोरखा आयुर्वेदिक कम्पनी र पर्यटनको क्षेत्रमा मनास्लु संरक्षण क्षेत्र (एमक्याप) लाई सम्मान गर्ने निर्णय भएको छ’ श्रेष्ठले भने । महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरुको सांगितिकसँगै हास्यब्यँग्य प्रस्तुति समेत रहने छ । १४ गते सम्म चल्ने महोत्सवमा सय वटा स्टल रहने छन् । महोत्सव स्थल प्रवेश शुल्क बापत सर्वसाधरणको हकमा ५० र विद्यार्थी, बृद्धबृद्धा र अशत्तहरुको हकमा ३० रुपैयाँ तोकिएको छ । महोत्सव सफल पार्नका लागि सहयोग गरिदिन संघले सबैलाई अनुरोध समेत गरेको छ । कृषिजन्य वस्तु तथा जडिवुटी, सुचना प्रविधी, हस्तकलाको सामाग्री प्रदर्शनमा रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *