२०८१ वैशाख १३ गते | 25th of April 2024

ह्यारी भण्डारी मेरिल्याण्ड राज्य सरकार सञ्चालन समितिमा चयन

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष ५ गते १७:३४

बाल्टिमोर – अमेरिकाको मेरिल्याण्ड जनरल एसेम्वलीका सभामुखको अफिसले डिष्ट्रिक आठवाट निर्वाचित हयारी भण्डारीलाई सरकार सञ्चालन तथा स्वास्थ्य समिति (हेल्थ एण्ड गभरमेन्ट अपरेशन)को सदस्यमा नियुक्त गरेको छ । यो समितिले मेरिल्याण्ड राज्य सरकारको सञ्चालनको विभिन्न पाटाहरु तथा नागरिकको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य सम्वन्धि कानून तर्जुमा र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हाउसमा पाँच वटा मुख्य कमिटिहरु हुन्छन् । त्यस मध्ये यो कमिटि मुख्य मानिन्छ ।

यो समितिले गर्ने अन्य कामहरुमा राज्य सरकारको निकायहरुको समन्वय र सञ्चालनमा हाउसले गर्ने विभिन्न कार्यहरुको लागि कानून वनाउन उक्त कमिटिले पास गरेपछि मात्र हाउसमा प्रवेश गरि आवश्यक प्रक्रिया पूरा गरि नीति नियम वन्नेछ । साथै उक्त समितिले प्रशासनिक कानून , खरीद, मानव संशाधन, रियल स्टेट तथा व्यक्तिगत सम्पत्ति सम्वन्धि कानून तर्जुमा गरी कार्यान्वयनमा पठाउने पनि गर्दछ ।

यसैगरि स्वास्थ्य सम्वन्धि सरोकार राख्ने स्वास्थ्य सुविधा,उत्पादन र उपकरण ,दीर्घकालीन स्वास्थ्य सेवा,स्वास्थ्य विमा,स्वास्थ्यकर्मीहरुको सेवा, त्यस सम्वन्धि अनुसन्धान गर्ने निकायहरुलाई अनुगमन,समन्वय र सहयोग गर्ने सम्वन्धि कानून समेत सोही समितिले गर्ने गर्दछ । स्मरणीय छ, स्वास्थ्य सम्वन्धि अध्ययन र अनुसन्धानमा मेरिल्याण्डका विश्वविद्यालय तथा स्वास्थ्य संस्थाहरु विश्व कै अग्रणी संस्थाको रुपमा लिईन्छ । मेरिल्याण्डमा ठूला सत्तरी वटा विश्वविख्यात अस्पताल रहेका छन् ।

जसमध्ये जोन हपकिन्स विश्वविद्यालय विश्व कै उत्कृष्ट अनुसन्धान केन्द्र हो । यसमा नयाँ रोगको भ्याक्सिन र औषधिको आविष्कार गरिन्छ । ३६ जना नोवेल पुरस्कार प्राप्त चिकित्सकहरुले उक्त अस्पतालमा काम गरिसकेका छन् ।भण्डारीले राज्यको महत्वपूर्ण कमिटिमा चयन भएपछि प्रतिक्रिया दिदै आफूलाई यसले जनताको जीवनमा परिवर्तन गर्ने काम गर्न थप उत्साहित वनाएको वताउनुभयो । भण्डारीको शपथ ग्रहण जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा हुँदैछ ।

साथै फ्रेण्डस अफ हयारी भण्डारीले आगामी जनवरी ६ तारिखमा एक भव्य कार्यक्रम गर्न लागेको जनाएको छ, यसमा सहभागिता जनाउन अनलाईन मार्फत नाम दर्ता गराउन गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *